गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण

विजय रावत   POSTED ON : जेठ १४, २०७८ (२:५६ PM)

गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ । बाख्रापालन गरेर आम्दानीको स्रोत बढाउनका लागि बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ गाउँपालिका भित्रका स्थानीयवासि पहिलेदेखि व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका किसानलाई प्रोत्साहित गर्नका लागी गाउँपालिकाले बाख्रा दिइएको छ । सिँजा गाउँपालिका बाख्रापालनको लागि अनुकुल क्षेत्र हो । यहाँ चरन क्षेत्र र बाख्रापालनमा रुची राख्ने स्थानीयवासि धेरै भएकोले किसानको माग अनुसार बाख्रा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । ”

सो गाउँपालिका – ६ मा व्यवसायिक रूपमा बाख्रापालन गर्दै आएका किसानलाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको छ । यहाँको रुघा,काँडागाउ, भाँडगाउका किसानलाई बाख्रा दिइएको गाउँपालिका पशु शाखा संयोजक मित्रलाल धितालले बताउनुभयो ।

गाउँपालिका भित्रका १ सय ३३ किसानलाई ५÷५ वटा बाख्राका दरले छ सय ६५ वटा बाख्रा बाँडिएको पशु शाखा संयोजक धितालले बताउनुभयो ।  आय–आर्जनमा सहयोग पुर्याउने उद्देश्यले बाख्रा वितरण गरिएको छ । गाउँपालिकाले अति गरिब तथा विपन्न परिवार छनोट गरेका आधारमा सो गाउँपालिका सथानीयवासिलाई  बाख्रा वितरण गरिएको गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

विपन्न किसानको आम्दानीको स्रोत वृद्धि गर्नका लागी गाउँपालिकाले दिएको बाख्रा यहाँका किसानलाई निकै राहत हुनेभएपछि बाख्रा पाउँदा किसान हर्षित भएको यहाँका स्थानीयवासि बताउँछन् । गाउँपालिकाका अध्यक्ष स्वयं वडा कार्यालयमै पुगेर ४ गाउँका किसानलाई बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।


Top