कोरोना नियन्त्रणमा सक्रिया हुदै जुम्लाका स्थानीय तह

विजय रावत   POSTED ON : जेठ १९, २०७८ (१२:३४ PM)

कोरोना नियन्त्रणमा सक्रिया हुदै जुम्लाका स्थानीय तह

जुम्ला । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि कोभिड सङ्क्रमण नियन्त्रणका लागि जुम्लाका स्थानीय तहहरु सक्रिया भएका छन् ।  देशमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा यहाँका स्थानीय तहहरुको तयारी र सक्रियता एवं प्रभावकारी निकै देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका आठवटै स्थानीय तहले संक्रमण रोकथाम तथा बच्नका लागी कोभिड अस्थायी अस्पताल संचालन,पाँचदेखी ३० बेडसम्म अक्सिजन सहितको आइसोलेसन सेन्टर वडास्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, कोरोना संक्रमित भएकालाई स्वास्थ्य सामाग्री,पोषण तत्व औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने जस्ता कार्य गरेको यहाँका स्थानीय तहका प्रमुखहरु बताउँछन् ।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । तिला गाउँपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने तीन ठाउँमा हेल्थ डेस्क स्थापनोदखी भारत तथा तेस्रो मुलुकबाट घर आउने स्थानीयवासिको डाटा संकलन गर्नका लागी सो गाउँपालिकाको नौवटै वडाका एक जना सुचना अधिकारी तोकेको गाउँपालिका उपाध्यक्ष विष्ण बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“गाउँपालिकाले दश शैयाको कोभिड अस्थायी अस्पतालमा पाँच बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेका छौ । गाउँपालिका भर ३० बेडको आइसोलेसन सेन्टर स्थपाना गरी संचालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनुभयो । ” गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीका लागी आवश्यक औषधि खदिर गरीसकेका छौ । कोरोना संक्रमितलाई चाहिने स्वास्थ्यका स्रोत साधनपनि खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा गषेश बहादुर शाहीले बताउनुभयो ।  सदरमुकाम खलङ्गा बजार रहेको चन्दननाथ नगरपालिकाले उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा २५ बेडको आइसोलेसन कक्ष तयार पारेको छ । होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितलाई सो नगरपालिकाले नगरवासिका लागि २५ बेडको आइसोलेसन कक्ष तयार पारेको नगर प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । 

उहाँले भन्नुभयो,“आइसोलेसन कक्ष निर्माण गरिएको स्थानमा ओढ्ने, ओछ्याउने, तकिया, तन्ना, साबुन, रुमाल, दन्तमन्जन लगायतका चाहिने आवश्यक सबै सामान राखिएको छ । गम्भीर कोरोना संक्रमित बाहेक सामान्य कोरोना लक्षण भएकालाई सो आइसोलेसनमा राखेर उपचार गर्न सकिने नगर प्रमुख सेजुवालले बताउनुभयो । ” आईसोलेसन स्थलमा भित्र बत्ति, टेलिभिजन, ईन्टरनेट, सर्वसुलभ शौचालय, खाना, नास्ताको व्यवस्था, सफा र स्वच्छ वातावरण, स्वस्थ्य सुरक्षाका साम्रागीहरु, डाक्टर र स्वास्थ्यकर्मीको निकरानि लगायतका आधारभूत कुराहरुको व्यवस्था गरिएको नगर प्रमुख सेजुवालले बताउनुभयो । 

कोरोना संक्रमित भएर घरमा बसेकाहरुलाई आइसोलेसनमा आएर बस्न नगरपालिकाले परिपत्र गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।   कोरोनामुक्त नगरपालिका बनाउनको लागि निषेधाज्ञाको पुर्ण पालना गर्न सबै नगरवासिलाई आग्रह गरिएको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताउनुभयो ।  आइसोलेसनमा बस्ने संक्रमितका लागि समय काट्न र प्राविधिको जानकारीका लागी सो आइसोलेसन कक्षमा इन्टरनेट र टेलिभिजन पनि जडान गरिएको नगरपालिकाले जनाएको छ ।  कोरोना संक्रमिति होम आइसोलेसन बसेपछि उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न र संक्रमितलाई कोशेली प्रदान गर्न घरघरमै पुगेर वितरण गरेको नगरप्रमुख सेजुवालले बताउनुभयो । सो नगरपालिकाले होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।  

  


Top