डिसीसीएमसीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

विजय रावत   POSTED ON : जेठ १९, २०७८ (७:२३ PM)

डिसीसीएमसीलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण

जुम्ला । वल्डभिजन इन्टरनेश्नल नेपालले साझेदार संस्था किर्डाक नेपालद्धारा जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई ७० अक्सिजन सिलिण्डर सहित रु २२ लाख ६४ हजार सात सय २८ रुपिँयाको को स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

सो संस्थाद्धारा ४६ लिटरको ७० वटा अक्सिजन सिलिण्डर,७० वटा पल्स ओक्सिमिटर, ७० वटा थर्मल टेम्पेचर गन, ७० सेट पिपिई, छ प्याकेट सर्जिकल मास्क, ३९ वटा एन नाईन्टी फाईप मास्क, छ वटा हेन्डवास सप र ५ लिटरको २ वटा सेनिटाईजर जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तर गरिएको किर्डाक नेपाल जिल्ला संयोजक रेशमबहादुर शाहीले बताउनुभयो । 

वल्र्डभिजन ईन्टरनेश्नल नेपाल जुम्लाका प्रतिनिधी शुक्रराज गुरुङ र किर्डाक नेपालका जिल्ला संयोजक रेशमबहादुर शाहीले प्रमुख जिल्ला अधिकारी थापालाई उक्त सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । 

सिलिण्डर सहितका स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गैरसरकारी संस्थाहरुलाई एकद्धार प्रणालीबाट अहिले आवश्यक अक्सिजन सहितका सामग्री उपलब्ध गराउन अनुरोध गरे अनुसार वल्र्डभिजन, किर्डाक र रेडक्रसले शुरुवात गरेकोमा धन्यवाद दिदै अक्सिजन सिलण्डिर र स्वास्थ्य सामग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहका कोभिड अस्पताललाई हस्तान्तरण गरिने प्रजिअ थापाले बताउनुभयो । जिल्लाका क्रियाशिल गैससलाई अहिले अक्सिजन, एन्जिन, पिपिई सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन समन्वय गरिएको प्रजिअ थापाले भन्नुभयो,“ जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरुलाई पनि पछिल्लो समयमा कोरोना रोकथाम र नियन्त्रणमा  ठोस काम गर्न अनुरोध गरेपछि सहयोग शुरु भएको छ । यसका साथै प्लान नेपाल सँग पनि अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन शुरु गरिएको छ । अघिल्लो डिसीसीएमसि ( जिल्ला कोभिड संकट व्यवस्थापन समितिका वैठकमा जिल्लामा अक्सिजन आवश्यक पर्ने भएकाले गैससलाई समेत लगानी गर्न अनुरोध गरिएको प्रजिअ थापाले बताउनुभयो । ” 

रेडक्रसबाट दश हजार मास्क हस्तान्तरण 

यसैगरी जिल्ला बिपत व्यवस्थापन समितिलाई नेपाल रेडडक्रस सोसाईटिले रु दश हजार मास्क र २० सेट पिपिई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष वहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य  तथा संविधानसभा सदस्य ललितजंग शाहीबाट उक्त डिसिसिएमसिलाई सामग्री हस्तान्तरण गरिएको हो ।

 यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा संचालन भई रहेका क्वारेन्टाइन साईटहरुको सहयोगका लागि एक सय परिवार जतिलाई पुग्ने गैर खाद्य सामाग्रीहरु समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय संग माग गरिएको बताएको छ । चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्क मध्य १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह र अन्य क्षेत्रलाई बितरण गरिने रेडक्रम जुम्लाले जनाएको छ । 

 


Top