राउटे युवतीमाथि दुर्व्यवहार, तीन जना पक्राउ

खगेन्द्र अधिकारी   POSTED ON : जेठ २३, २०७८ (१:२९ PM)

राउटे युवतीमाथि दुर्व्यवहार, तीन जना पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल संञ्चालक सहित तीन जनालाई प्रकाउ गरेको छ । ती युवतीलाई मादक पदार्थ सेवन गराई होटलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका चमन घर्ती (जोगी), २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल संञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ । भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारवाहीको माग गरेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ । भिडियो तथा फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका हुन् ।


Top