कर्णालीका दुई मन्त्रीले लिए सपथ

खगेन्द्र अधिकारी   POSTED ON : जेठ २३, २०७८ (३:२५ PM)

कर्णालीका दुई मन्त्रीले लिए सपथ

सुर्खेत । केन्द्रदेखि प्रदेश सरकारमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको कांग्रेसले कर्णालीमा भने मुख्यमन्त्री शाहीको कुर्सी जोगाइदिएपछि सरकारमा सहभागी भएको छ । प्रदेश सरकारमा नेपाली काँग्रेसको तर्फबाट मन्त्री भएका सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले मन्त्री पदको सपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष उहाँहरुले सपथ लिनुभएको हो ।

यससँग कर्णालीमा लामो समयपछि अन्तत मन्त्रीमण्डलले पूर्णता पाएको हो । सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर विसी र जलश्रोत तथा ऊर्जा विकास मन्त्रालयमा दीनवन्धुु श्रेष्ठलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरिएको हो । एमालेबाट फ्लोक्रस गर्ने नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, अम्मरबहादुर थापा भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय र कुर्मराज शाही भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।


Top