मनिषा कोईराला फाउण्डेसनद्धारा जुम्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

  POSTED ON : जेठ २४, २०७८ (१:०८ PM)

मनिषा कोईराला फाउण्डेसनद्धारा जुम्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

जुम्ला । चर्चित वलिउड नायिका मनिषा कोईरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नु  भएको छ ।

मनिषा कोईराला फाउण्डेसनबाट पिपिईसेट ४१० , चश्मा ३५० सेट, एन नाईन्टीफाईभ मास्क ३०० पिस, दश हजार  ट्यावलेट डेक्सोना औषधी, रियूजएवल गाउन ६० सेट सहयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको समन्वयमा नायिका कोईरालाले फाउण्डेसन मार्फत सहयोग गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाण्डौबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपतको समयमा सहयोगी हातहरु जुटन थालेको बताउदै प्रतिष्ठाले सो फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ विरामीलाई उपचार गर्नुका साथै जिल्ला वाहिर परिचालन गरि काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यो पटक सुगुम क्षेत्रबाट पनि विरामी आउने गरेका छन् । प्रतिष्ठानले १२० वेड आईसुलेशन, १२ वेडको आईसियू र २४ एचडियू संचालनमा रहेको प्रतिष्ठानका  प्रवक्ता रमेश भट्टाराईले बताउनुभयो ।  यसैगरी २० जना कोरोना संक्रमितको वेडमा सिधै अक्सिजन प्लान्टबाट अक्सिन आपुर्ति भईरहेको प्रतिष्ठानले जनाएको छ । 

रेडक्रसबाट मास्क र पिपिईसेट प्रदान 

नेपाल रेडक्रस सोसाईटी जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई  दश हजार मास्क र २० सेट पिपिई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष वहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य ललितजंग शाहीबाट उक्त सामग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको हो ।

चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्क मध्य १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह र अन्य क्षेत्रलाई बितरण गरिने भएको रेडक्रस जुम्लाका मन्त्री इन्द्रराज डाँगीले जानकारी दिनुभयो । मन्त्री डाँगीका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा संचालन भई रहेका क्वारेन्टाइन साईटहरुको सहयोगका लागि एकसय परिवार जतिलाई पुग्ने गैर खाद्य सामग्रीहरु समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय संग माग गरिएको  छ ।

 रेडक्रस जिल्ला शाखाले विगत १ वर्ष देखी कनकासुन्दरी गाँउपालिका र चन्दननाथ नगरपालिका भित्र लंक्षित गरि कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन भईरहेको छ । जनचेतना अभिवृद्धि गराउने, कोभिड सम्वन्धि सहि सूचना प्रवाह गर्ने, वाल संरक्षण सम्वन्धि गतिविधि, कन्ट्याकट्रसिङ सहयोग, समुदाय र विद्यालयहरुमा स्वच्छ खानेपानि तथा सरफसाई सम्वन्धि गतिविधिहरु भईरहेको मन्त्री डाँगीले बताउनुभयो । 


Top