जुम्लाको मार्सीचामल क्यानडा निर्यात हुदै

विजय रावत   POSTED ON : असार ९, २०७८ (११:५२ AM)

जुम्लाको मार्सीचामल क्यानडा निर्यात हुदै

जुम्ला । जुम्लाको अर्गानिक पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात भएको छ। १८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको बताउनुभयो । 

क्यानडा स्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो। मार्सी चामल,कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अंकित लोगो राखिएको थियो। लेवलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो। 

यहाँको  सिंजा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका ४ गिडीखोलाबाट १ टन मार्सी, काठमाडौं पुगेको थियो ।  पहिलो पटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीय निकै खुसि छन्। स्थानीयवासि जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताउनुभयो । अहिले किसानले खेतियोग्य जमिनको उपयोग गर्न थालेका छन्। आफ्नो खेतबारीमा उत्पादित बस्तुको मुल्य थाहा पाएका छन्। 

गत फागुनमै निर्यात गर्ने तयारी भएपनि कोरोना कहरका बीच प्रक्रिया नमिलेकोले ढिलाई भएको हो। जुम्लीको उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्नु चानचुने बिषय होइन। स्थानीयवासि खत्रीले भन्नुभयो ,ूूकिसानले आफ्नै खेतबारीको महत्व बुझ्न जरुरी छ। आमदानीको स्रोत पनि स्थानीय उत्पादन बनाउनु पर्ने भन्दै बाँझो रहेको कृषियोग्य भुमि प्रयोग गर्न उत्साह मिलेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमीको माग बढ्दै गएपछि यहाँका किसानलाई झन् खेतीमा काम गर्न हैसाल बढेको बताउनुभयो । ू जिल्लाका किसानलाई  लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । विश्व बजारमा जुम्ली मार्सीको माग बढेसँगै तत्काल अष्ट्रेलियाबाट माग आएको छ। अबको ५र६ दिनमा अष्ट्रेलियामा ५ टन मार्सी र सिमी निर्यात गरिने भएको छ।  

Top