तिला गाउँपालिकाद्वारा पूर्णखोप घोषणा

विजय रावत   POSTED ON : असार ३०, २०७८ (१:३६ PM)

तिला गाउँपालिकाद्वारा पूर्णखोप घोषणा

जुम्लाा । जुम्लाको तिला गाउँपालिकाले पालिकाभित्र पुर्ण खोप सुनिश्चितपालिका घोषणा भएको छ । सो गाउँपालिकाको नौवटै वडाहरुका बालवालिकाहरु खोपको पहुँचमा पुगेपछि पालिकापुर्ण खोप सुनिश्चितपालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“तिला गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पुर्ण खोप घोषणा गर्न सफल भएका छौ । पालिकाले महत्वपुर्ण उपलब्धी हासिल गरेको छ । शिक्षा र स्वास्थ्य बालवालिकाको नैसर्गिक अधिकार भएकोले यसलाई निरन्तरताको खाँचो छ । गाउँपालिका भित्रका बालवालिकाहरु खोप बाट बञ्चित हुनेछैनन् ।

 पालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष योगीले बताउनुभयो । ” घरघरमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । बालवालिकाको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । भौगोलिक विकटता भएकोले पालिका भित्र जम्मा पाँच वटा स्वास्थ्य चौकि मात्र रहेका छन् ।  महिलाहरु घरायसीकाममा व्यस्तहुने हुँदा पहिले बालवालिकाहरु खोप लगाउन छुट्ने गरेका थिए । अहिले पालिकामा ४ वटा आधारभुत स्वास्थ्य केन्द्र र ३ वटा स्वास्थ्य इकाइ स्थापना हुँदाखोपबाट बञ्चितहुनु नपरेको  गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । 

गाउँघरका डाक्टर मानिने महिला स्वास्थ्य स्वंयमसेविकाले महत्वपुर्ण भुमिका खेलेका छन् । आगामी दिनमापनि पालिकाका कुनैपनि बालवालिका खोपबाट बञ्चित हुने छैनन् । स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पुर्ण खोप सुनिश्चितता घोषणा गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । 

खोप पाउनु नैसर्गिक अधिकार भएकोले जिल्ला लाईनै पुर्ण खोप घोषणा गर्नै तयारी भएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरिक्षक प्रेम सुमाइले बताउनुभयो । 

कोरोनाको महामारीका बेलासमेत खोप रोकिएको छैन । पुर्ण खोप यहाँको पातारासी गाउँपालिका मात्र घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठ स्थानीयतहमध्ये ६ पालिका यसअघि नै पुर्ण खोप सुनिश्चितपालिका घोषणा भइसकेका छन् । तिला र पातारासी गाउँपालिका घोषणा हुन सकेका थिएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार वडा स्तरदेखी पालिका प्रदेशलाई नै पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने परिपत्र अनुसार यहाँका सात स्थानीयतह पुर्ण खोप घोषणा गरिएको छ । 

  


Top