बालुवा निकालेर घरखर्च चलाउँदै जुम्लाका महिला

विजय रावत   POSTED ON : श्रावण ५, २०७८ (२:२१ PM)

बालुवा निकालेर घरखर्च चलाउँदै जुम्लाका महिला

जुम्ला । बर्षा यमशुरु भएसंगै नदीनालामा पानीको वाफ बढेसंगै जुम्लाका  स्थानीयवासि बालुवा निकाल्न दिनभर नदीनालामा व्यस्था हुनेगरेका छन् । यहाँको चन्दननाथ नगरपालिका – १ की स्थानीयवासि बास्मती कुलाल हरेक बिहान ५ बजे जवा नदि किनारमा पुग्छिन् । उनी दिनभर जवा नदिमै भेटिन्छिन् । नदिको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । सो नदीको बालुवा बेचेर परिवारको गुजारा चलाउने गरेको स्थानीयवासि कुवालले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“म घरबाट एकाबिहानै आउँछु । नदिको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक आर्थिक स्रोत बनेको स्थानीयवासि कुवालले बताउनुभयो । ” कुवाल मात्र होईन छिमेकी धनमाया कुलाल पनिउनी संगै जान्छिन् । दिनभरी बालुका निकालेर ब्यापारीलाई बेच्ने गर्छिन । जुम्लाको जवा नदिमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवासंगै हिमा र तिला नदीमापनि बालुवा निकाल्नेको भिड लाग्ने गरेको यहाँका स्थानीयवासि बताउँछन् । नदी किनारमै ठेकेदार बालुवा लीन आउँछन् । नदी किनारमै रुपैयाँ दिन्छन् । विहानको खाना धेरैजसो नदी किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न सकिने भएकोले यहाँका स्थानीयवासि विहानै नदी किनारामा भिडभिड हुने गरेका स्थानीयवासि धनमाया कुलालले बताउनुभयो । 

 बालुवा ननिकाले दिनमा घरको चुलो बल्दैन । एक दिनमा १५ बोरासम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा तीन हजारदेखि ४ हजार रुपैयाँसम्म कमाइ हुने गरेको कुलालले भन्नुभयो,“ एक टिप्पर बालुवा संकलन गर्दा पाँच सय रुपैयाँ नदी किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ । विद्यालय जाने बालबालिकासमेत बालुवा संकलनका लागिनदी किनारामा पुग्ने गरेको कलालले ुबताउनुभयो । ”

विद्यालय बन्द भएकोले बालुवा निकाल्ने काम गरेको स्थानीयवासि उनिता कुलालले बताउनुभयो । बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको छु । साउन महिनामा पानीको बहाफ बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । जवा नदीमा खाली खुट्टा, नांगो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ । नदीमा फ्याकिएका सिसा, काँडा र ढुंगाले काट्ने डर हुन्छ । तर बालुवा संकलन नगरि सुख छैन । नदी किनारामा झण्डै दुई सय बढि महिला बालुवा निकालेर जीविका चलाउने गरेको स्थानीयवासि उनिता कुलालले बताउनुभयो । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरुले गाउँ नजिकै रोजगारी पाएका हुन् । बालुवा ननिकाल्ने होभने उनिहरुको चुलोमा आगो बल्दैन । ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीयवासि बताउँछन । जिल्लाको जवा नदी,तिला र हिमा नदीमा बालुवा संकलन कार्य तीब्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको संख्या बढ्दै गएको छ ।  


Top