विद्यार्थीको घर–घरमै किताब पुर्याईने

विजय रावत   POSTED ON : श्रावण ६, २०७८ (१:५९ PM)

विद्यार्थीको घर–घरमै किताब पुर्याईने

जुम्ला । कोभिडले शिक्षा क्षेत्र अन्यौल पर्दै गएपछि जुम्लाका विद्यार्थिका घरघरमा गएर विद्यार्थीको हातमा पुस्तक पुर्याईने भएको छ । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पुस्तक समेत किन्ने अवसर नभएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकमा जिल्लामा अव बालवालिकालाई कम्तिामा पुस्तक हातमा पुरयाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनुभयो । 

उहाँले भन्नुभयो,“सरोकारवाला निकायहरुबाट गुनासो आएपछि अव निषेधाआज्ञा कमहुदै गईरहेको समयमा कम्तिमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुरयाउन आवश्यक देखिएको छ । सो वैठकले वन्द रहेका विद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक पुरयाउने निर्णय गरेको हो । यहाँका निजी तथा सरकारी विद्यालयको प्रशासनिक काम शुरु गर्नुपर्ने निर्णय गरिएको छ । कोरोनाले विद्यालय वन्द भएपछि शैक्षिक क्षेत्र धरापमा परेको छ । कोरोना भाइरसले विद्यालय जाने बाताबरण त भएन तर घरमै पनि पुस्तक पुरयाउनुपर्ने सूझाव पछि कोभिड संकट व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले बताउनुभयो ।”

जुम्लामा फागुन देखीशुरु हुने शैक्षिकसत्र प्रभावित हुनुका साथै साउन लागि सक्दा पनि विद्यार्थीको हातमा किताब पुग्न नसकेके पछि पुस्तकमा लागनी गर्न पनि व्यापारीहरुलाई समस्या भएको छ । जिल्लाको जिपी स्टेशनरी एण्ड सप्लार्यले यस बर्ष रु २५ लाखका पुस्तक भित्र्याएको बताएको छ । पुस्तक भने बिक्री नहुने डरले अन्य लगानी गर्न नसकिएको प्रवन्धक गणेश रोकायाले बताउनुभयो । 

कोभिड भित्रै ल्याएका पुस्तक त बिक्री हुन केही मात्रै वाँकी रहेका छन् । तर जिल्लाका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु छुटेकोमा चिन्ता व्यक्त गर्नुभयो । जिल्ला भरी बर्षेनी रु एक करोड ५० लाखका पुस्तक आवश्यक भएपनि कोरोनका कारण विद्यालय नखुलेर बिक्री भएका छैनन् । तर घरमै भएपनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्नेमा जोड दिनुभयो । यता सन्ध्या स्टेशनरीले जिल्लामा भित्र्याएको रु १८ लाखको पुस्तक विक्रि नभएर स्टक भएको छ । स्टेशनरीका प्रवन्धक सुमन खड्काका अनुसार रु दुई लाख बराबरको मात्रै सरकारी विद्यालयका किताब सप्लाई भएको बताउनुभयो । कोरोनाले विक्री नहुने डरले लगानी गर्न कठिन भएको सन्ध्या स्टेशनरीले जनाएको छ । 

 जिल्लाका विद्यालयको खातामा पाठ्यपुस्तको रकम गइसकेको जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ । शिक्षा समन्वय प्रमुख मकरबहादुर भण्डारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम दिईसकेको हुदा अव विद्यालयले चाडै विद्यार्थीको हातमा पुस्तक पुरयाउनु पर्ने बताउनुभयो । 

केही विद्यालयले त किताब समेत किनेर लिईसकेका छन् । गाउँका विद्यार्थीहरु नत टेलिभिजन कक्षामा सहभागि हुने अवसर भएको छ नत अनलाईन कक्षा लिन पाएका छन् । जिल्लाका ग्रामिण क्षेत्रका विद्यार्थीको भविश्यका लागि पनि पाठ्यपुस्तक अनिवार्य हातमा पुरयाउनु अवको आवश्यकता रहेको शिक्षा समन्वय प्रमुख भण्डारीले बताउनुभयो । जिल्लामा १७० विद्यालयका करिब ४० हजार विद्यार्थी रहको जिल्ला शिक्षा समन्वय समितिले जनाएको छ । 


Top