आन्दोलनको चपेटामा एमयू, अनिश्चितकालिन तालाबन्दी

खगेन्द्र अधिकारी   POSTED ON : श्रावण ७, २०७८ (२:३८ PM)

आन्दोलनको चपेटामा एमयू, अनिश्चितकालिन तालाबन्दी

सुर्खेत । स्थापना कालदेखि नै आन्दोलनको चपेटामा परेको मध्यपश्चिम विद्यालयले अझैँपनि आन्दोलनको चपेटाबाट मुक्ति पाउन सकेको छैन । कहिले विद्यार्थीहरुको कहिले कर्मचारीहरुको त कहिले प्राध्यापकहरुको आन्दोालनबाट बारम्बार शिकार भएको मध्यपश्चिम विश्वविद्यालय फेरी विद्यार्थीहरुको आन्दोलनको चपेटामा परेको छ ।

संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालिन तालबन्दी गरेका छन् । बिहीबार विद्याथीहरुले  आफुुहरुले राखेको मार्गहरु पुरा नभएको भन्दै म.प विश्व बिद्यालयको केन्द्रिय क्यापस, परीक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चित कालकालागि बन्द गरेका हुन् ।

विद्यार्थीहरुले यहि साउन ३ गते १८ बुँदे माग राखी  विश्वविद्यालय प्रशासनलाई ध्यानाकाषर्ण गराएका थिए । उक्त मागको बारेमा प्रशासन बेखबर भएको भन्दै विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।  उनिहरूले  निरन्तर मप विश्वविद्यालयमा आन्दलोनका कार्यक्रमहरू गर्दै आएका छन् ।

 माग आफूहरुको मार्गलाई विश्वविद्यालय प्रशासनले व्यवस्था नगरेको भन्दै आक्रोशित भएका विद्यार्थीहरुले विश्वविद्यालय प्रशासनलाई चेतावनीस्वरुप ताला लगाएका हुन् । केही दिन अघि मात्र विद्यार्थीहरुले विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहको पुत्ला दहन गरेका थिए ।

विद्यार्थीहरुको मागलाई वास्ता नगरेका कारण आन्दोलन गर्नुपरेको र पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासनले वास्ता नगरेकाले आन्दोलन गर्नुपरेको नेपाल विद्यार्थी संघका सभापति गौतम विसीले बताए । उनले विद्यार्थीहरुका मागहरुप्रति प्रशासनले कुनै वास्ता नगरेका कारण आन्दोलन गर्न वाध्य भएको बताए । वार्ताको लागि आफूहरु साधै तयार रहेको विद्यार्थी नेताहरुको भनाइ छ ।


Top