जुम्लाका स्थानीय तहको एक अर्ब भन्दाबढी बजेट फ्रिज

विजय रावत   POSTED ON : श्रावण १२, २०७८ (१:३० PM)

जुम्लाका स्थानीय तहको एक अर्ब भन्दाबढी बजेट फ्रिज

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक बर्ष २०७७-७८ मा करिब एक अर्ब रुपैयाँ भन्दाबदी बजेट खर्च गर्न नसकेर फ्रिच गएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर स्थानीय तहको बजेट फ्रिज जाने गरेको छ । गएको वर्षमा पनि जिल्लाबाट १ अर्ब रुपैयाँ बढी बजेट खर्च हुन सकेर फिर्ता भएको थियो । आर्थिक बर्ष २०७७÷७८ मा जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा खर्च हुन नसकेर १ अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज गएको छ ।

 कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७-७८ मा पुँजीगततर्फ विनियोजित कुल २ अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये असार मसान्तसम्म १ अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फको कुल विनियोजित बजेटमध्ये ८३ करोड ५९ लाख ३० हजार रुपैयाँ अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन सकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रण लक्ष्मीदत्त चौलागाईंले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो । तर, महामारीका बीच पनि बजेट खर्च राम्रै हो । विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो । कोष तथा खोला नियन्त्रकको तथ्यांकअनुसार असारमा मात्रै ६६ करोड ८६ लाख ५२ हजार ६ सय रुपैयाँ पुजीगततर्फ खर्च भएको छ । असारमै बजेट खर्चको दर हेर्दा असारे विकासको लहर अन्त्य नभएको देखिन्छ । चालूतर्फ विनियोजित ५ अर्ब ३० करोड ८ लाख ४५ हजारमध्ये असारसम्म ४ अर्ब ७३ करोड ८४ लाख ९ हजार रुपैयाँ अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ ।  चालूतर्फकै पनि २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको ६प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको कोष नियन्त्रक चौलागाईंले बताउनुभयो ।'

चालूतर्फको ६५ करोड ६१ लाख ४ हजार रुपैयाँ असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुन सकेन भन्ने विवरण कोलेनिकामा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।  

३२ करोड भन्दा बदी राजश्व संकलन 

जुम्लामा आर्थिक वर्ष २०७७÷०७८ को राजश्व सङ्कलन लक्ष्य भन्दा बढी भएको छ । कोरोना कहरका बीच पनि राजश्व सङ्कलन उत्साहजनक रुपमा भएको हो । आन्तरिक राजश्व कार्यालय जुम्लाले विभिन्न शीर्षकमा आव २०७७÷०७८ मा ३२ करोड ९८ लाख ९८ हजार अर्थात् १२९ प्रतिशत राजश्व सङ्कलन गरेको हो । जुम्लामा लक्ष्य भन्दा ७ करोड अर्थात् २९ प्रतिशत बढी राजश्व सङ्कलन भएको हो । 

आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत यूवराज बस्नेतले भन्नुभयो, 'आव २०७७-०७८ वार्षिक राजश्व सङ्कलनका लक्ष्य २५ करोड ५४ लाख ४३ हजार थियो । कोरोनाले लक्ष्य नभेटिने चिन्तामा थियौ । तर तेस्रो चौमासिक यता राजश्व सङ्कलन उल्लेखनीय रुपमा वृद्धि भई लक्ष्य भन्दा त ७ करोड बढी राजश्व उठेको छ ।

आन्तरिक कर परिक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार सँगै गाउँगाउँमा कर शिक्षा दिएकै कारण लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको कर अधिकृत बस्नेतले बताउनुभयो । 'सरकारी ठेक्का पट्टाको मुल्यअभिबृद्धि कर भुक्तानी गर्दा भएको भएको मुअ कर गएको जेठ १५ सम्म ५० प्रतिशत र जेठ १५ पछि ३० प्रतिशत रकम दाखिला गर्दा राजश्व सङ्कलन ह्वात्तै बढेको कार्यालयले जनाएको छ । 

साथै, बितेको आर्थिक वर्षमा जुम्लामा २ हजार १ सय ५१ जना करदाता थपिएका छन् । जसमा भ्याटतर्फ १ सय ८६ जना, आयकरतर्फ १८ सय ६१ ज्ना र अन्तःशुल्क तर्फ २ सय ३१ गरी २ हजार १ सय ५१ जना थपिएका छन् ।  जिल्लामा कुल ११ हजार ८ सय ८३ जना करदाता रहेका छन् । जसमा सबैभन्दा बढी आयकरमा ११ हजार २५ जना छन् भने, भ्याटमा १ हजार २ सय ७५ र अन्त शुल्कमा ४ सय ८० जना रहेको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।


Top