मनपरी भाडा असुल्दै जुम्लाका यातायात व्यवसायी

विजय रावत   POSTED ON : श्रावण १३, २०७८ (१:२५ PM)

मनपरी भाडा असुल्दै जुम्लाका यातायात व्यवसायी

जुम्ला । जुम्लाबाट लामो तथा छोटो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा असुल्न थालेपछि यात्रुले सास्ती भएको छ । अनुगमन गर्न निकाय स्थानीय प्रशासनले कुनै चाल नगर्दे व्यवसायीको मनपरी चलेको आरोप यहाँका स्थानीयवासीले लगाएका छन । अहिले व्यवसायीले चर्को भाडा अशुल्दा न स्थानीय प्रशासनले नियमन गर्न सकेको छ । नत स्थानीय प्रशासनमा बसेको बैठकले निर्धारण गरेको भाडादर कायम गर्न सकेको छ । उल्टै रमिते भएर टुलु टुलु हेरेर बसेकोले यात्रुलाई मार परिरहेको स्थानीय बताउँछन ।

यातायात सेवामा महंगो भाडा भएको भन्दै स्थानीय प्रशासनले व्यवसायी र यात्रुलाई मार नपर्ने गरेर भाडादर निर्धारण गरेको थियो । तर त्यो भाडादर कार्यन्वयन हुन सकेको छैन । व्यवसायीले मान्छेको अनुहार हेरेर भाडा लिन्छन । उनीहरुको मनपरी छ । मनपरी भाडा अशुलेको बारेमा आवाज उठाउँदा बीचमै रोकिदिन्छन । भन छन् । भाडादरमा एकरुपता ल्याउन र जिल्लाभर एकै खाले भाडादर कायम हुनु पर्ने हो । यो भएको छैन । यात्रुलाई पनि मर्का नहुने र व्यवसायीलाई पनि घाटा नलाग्ने गरि नयाँ भाडादर निर्धारण गर्न जरुरी रहेको स्थानीयवासि सुनीता पाण्डेले बताउनुभयो । जुम्ला देखि लामो दुरीका सवारीसाधन सुर्खेत, नेपालगंज र काठमाण्डौँका लागि छुट्छन । सुर्खेत नेपालगन्ज सम्म बस,जीप, माइक्रोबस चल्छन । काठमाण्डौँ सम्म रात्री बस चल्छ । जुम्ला खलंगा देखि सुर्खेत सम्म ९ सय रुपैयाँ,नेपालगंज सम्म १ हजार ६९ रुपैयाँ र काठमाडौँसम्म २ हजार ५ सय रुपैयाँ निर्धारण गएिको थियो ।

अहिले जीपले दुई हजार रुपैयाँ देखि दुई हजार ५ सय रुपैयाँ सम्म अशुलिरहेका छन । बसले एक हजार ५ सय रुपैयाँ देखि दुई हजार रुपैयाँ सम्म अशुल्ने गरेका छन । जसबाट जतिसक्यो त्यति नै भाडा उठाउने गरेकको यात्रुहरु बताउँछन् । स्थानीय प्रशासनलाई पटक पटक यातायात व्यवसायीले गरिरहेको लुटका बिषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको यहाँका स्थानीयवासि बताउँछन् । लामो दुरीका सवारीसाधन भन्दा छोटो दुरीका सवारीसाधनले ब्रह्मलुट गरिरहेको छ । कोरोनाका कारण व्यवसाय धरापमा परेको भन्दै मनपरी भाडा लिने गरेको स्थानीयवासि धनराज रावतले बताउनुभयो । यात्रुले जति आवाज उठाउदा पनि सुनुवाइ हुदैन । बिना टिकट यात्रु चढाउने गरेका छन । जिल्ला प्रशासन कार्यालय जुम्लाले मनपरी रुपमा भाडा लिएको टिकट पेश गर्न भनिरहेको छ । तर व्यवसायी टिकट नदिएर यात्रु चढाउँछन ।

व्यवसायीले सडकमै काउण्टर खोलेर यात्रु चढाउँछन । काउण्टर बसपार्कमा खोलिएका छन । यात्रु बाटोमै चढाउँछन । मनपरी भाडा अशुल्न पनि काउण्टरमा टिक काटिदैन । व्यवसायीहरु प्रहरी प्रशासन छल्दै क्षमता भन्दा बढि यात्रु कोचेर यात्रा गरिरहेका छन । प्रहरी चौकी,ट्राफिक कार्यालय नजिकै यात्रु ओराल्ने र हिड्न लगाउने गर्छन । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई यात्रुबाट बढि भाडा लिएको प्रमाण भेटिएमा कार्वाही हुने बताउँछन । कोरोनाका कारण जनजीवन अस्तव्यस्त छ । एक महिना देखि सार्वजनिक सवारीका साधन सडकमा गुडिरहेका छन ।  


Top