गाउँमा सडक पुगेपछि स्थानीयवासि खुसी

विजय रावत   POSTED ON : भदौ १८, २०७८ (१२:३२ PM)

गाउँमा सडक पुगेपछि स्थानीयवासि खुसी

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका सबै गाउँबस्तीमा सडक सञ्जाल जोडिएपछि सो गाउँपालिका स्थानीयवासिमा खसी छाएको छ । सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको यहाँका स्थानीयवासि बताउँछन् । अहिले जुम्ला सदरमुकाम खलङ्गादेखि दुई बस र चार वटा जीप संचालनमा छन । सवारीसाधनको आवागमन संगै यहाँका नागरिकले घण्टौँ सम्म पैदल यात्रा गरेर सदरमुकाम खलङ्गा पुग्नु पर्ने बाध्यता हटेको छ । सडक जोडिएपछि यहाँका नागरिक निकै खुसी भएको स्थानीयवासि हमेन्द्र बुढाले बताउनुभयो । 

सदरमुकामदेखि उर्थुचौतारासम्म अटो रिक्सा समेत चल्छन । सडक पुगेको भएपनि कच्ची सडकका कारण वर्षातको बेला यातायात संचालनमा समस्या हुने गरेको चालक कृष्ण विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“पातारासीको गाउँबस्तीसम्म सडक पुगेको छ । जसले यहाँका नागरिकलाई आवतजावत गर्न निकै सहज छ । बिरामीलाई एम्बुलेन्सबाट ल्याउनमा सहज भएको छ ।  तर सडक निकै साँघुरो छ । बाइकलाई साइड दिन पनि पुग्दैन । जोखिम मोलेर यातायात सेवा दिइरहेको चालक बिष्टले बताउनुभयो ।” 

चन्दननाथ नगरपालिकाको रानारावत र उर्थु गाउँ नजिकै सडक निकै जोखिमपुर्ण छ । पहिले बाटो राम्रो थियो,यात्रा सहज थियो । अहिले स्तरउन्नतीको लागि ठेकेदारले जिम्मेवारी लिएपछि सडक अस्तव्यस्त बन्यो । बनाएका संरचना ध्वस्त भइसके । तत्काल सडक स्तरउन्नती गरेर पुर्णरुपमा यातायात सेवा संचालनमा ल्याउन जरुरी छ । अनिमात्र यहाँको यातायात सेवा सहज हुने छ । गाडी संचालनको लागि रुटप्रमिट पनि छैन ।

 गाउँमा सडक पुग्दा उत्साहित भएको सो गाउँपालिका स्थानीयवासि कालीबहादुर महतारा आफु निकै खुसी भएको बताउनुभयो । 

सो सडकबाट रारा तालजाने पर्यटकलाई समेत असर परिरहेको छ  । गाउँमा सडक पुग्नु मात्र ठुलो कुरो होइन । सडक ग्राभेल गरेर यात्रा सहज गर्नु अहिलेको आवश्यकता रहेको यहाँका स्थानीयवासि बताउँछन् । सडक गाउमै पुगेपछि गाउँको तरकारी सदरमुकाम ल्याउज सहज भएको यहाँका किसान बताउँछन् । सो गाउँपालिकामा जम्मा १६ वटा गाउँछन । सबै गाउँमा गाडी पुगेको छ । एम्बुलेन्स सबै गाउँमा पुग्ने गरेको सो गााउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । सडक स्तरबृद्धि गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ । 

स्थानीय सरकार आइसकेपछि गाउँगाउँमा सडक पुग्नु निकै ठुलो उपलब्धि भएको यहाँको स्थानीयवासि बताउँछन् । सो सडक जुम्लाको राराताल र डोल्पा जोड्ने भएकोले प्रदेश सरकार र संघीय सरकारले सो सडकका लागी बजेटमा प्रथामिकता दिनुपर्ने गाउँपालिकाले जनाएको छ । 


Top