जुम्लाका स्थानीय तहले शुरु गरे विद्यालय संचालनको तयारी

  POSTED ON : भदौ २२, २०७८ (११:४३ AM)

जुम्लाका स्थानीय तहले शुरु गरे विद्यालय संचालनको तयारी

जुम्ला । जुम्लाका स्थानीय तहले विद्यालय संचालनको तयारी रहेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट विद्यालय संचालनमा ल्याएको सो गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ जना विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको वैठकको निर्णय अनुसार विद्यालय स्वास्थ मापदण्ड पालन गर्ने गरी गाउँपालिका भित्रका सबै विद्यालय खुलाईएको शिक्षा शाखा प्रमुख धितालले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाले यहाँका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको बिषयमा आयोजना गरिएको वैठकबाट विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले बताउनुभयो । स्थानीय तहको निर्णय अनुसार १५ गतेवाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय खुर्लाइएको कालिका माध्यामिक विद्यालयका शिक्षक खम्वा शाहीले बताउनुभयो ।

यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीका विचमा शिक्षा क्षेत्रमा भईरहेका गतिविधि र विद्यालय संचालन गर्ने बिषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एकहप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको प्रजिअ प्रसाईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरेपनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो । वैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । कोभिडले गर्दा विद्यालय बन्दहुदाँ यहाँका धेरैजसो विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा बिद्यालयमै सुरक्षित हुनेमा सूझाव आएको प्रजिअ प्र्रसाईले बताउनुभयो ।’ 

सरकारले पछिल्लो समयमा स्मार्ट लकठाउन कार्यविधि समेत बनाएको छ । स्वासथ्यको मापदण्ड अनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दा मुनी पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाईने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक राजिव शाहले बताउनुभयो ।

 शिक्षा समन्वय ईकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्राय शिक्षकहरुले खोप लगाई सकेका छन् । छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गरी जिल्लाका विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठवटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो । स्थानीय तहका प्रमुखहरु पनि विद्यालय खुलाउन पर्नेमा जोड दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तिला गाउँपालिकाले कार्यपालिको बैठक बसेर छिट्टै विद्यालय खुलाउने तयारी रहेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।


Top