कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको लुम्सेरामा पहिरो जाँदा सवारीसाधन ठप्प

विजय रावत   POSTED ON : भदौ २६, २०७८ (२:०८ PM)

कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको लुम्सेरामा पहिरो जाँदा सवारीसाधन ठप्प

जुम्ला । कर्णाली राजमार्ग सडक खण्ड अन्तर्गत जुम्लाको तिला गाउँपालिका – ३ स्थित लुम्सेरामा सुख्खा पहिरो जाँदा सदरमुकाम खलङ्गाबाट चल्ने लामो तथा छोटादुरीका यातायात सेवा ठप्प भएका छन् ।

अहिले पनि पहिरो गएको क्षेत्रमा स– सानो पहिरो खसिरहेको छ । पहिरोले सडक पुरिएपछि विहानै देखि यातायातका साधन रोकिएका छन ।

जुम्ला देखि सुर्खेत,नेपालगंज र काठमाण्डौँ जाने लामो दुरीका सवारीसाधन अलपत्र परेका छन । छोटो दुरीका यातायात पनि चल्न सकेका छैनन । तिला  गाउँपालिकाका स्थानीयवासि यज्ञप्रसाद भट्टराईले भन्नुभयो , “पहिरो पन्छाउने कार्य हुन नसकेको छैन  । प्रहरी पहिरो गएको क्षेत्रमा पुगेको भएपनि पन्छाउने कार्य शुरु हुने नसकेको स्थानीयवासि भट्टराईले बताउनुभयो ।“

डोजर मगाएकोले पहिरो पन्छाउन ढिलो भइरहेको छ । डोजर पुग्ने वित्तिकै पहिरो पन्छाउने कार्य शुरु हुने जिल्ला प्रशासन कार्यालय जुम्लाका सुचना अधिकारी नन्दराम चौलागाइले बताउनुभयो ।

अहिले जुम्लाबाट छुटेका सवै सवारीसाधन रोकिएका छन । उनीहरुले छिटोभन्दा छिटो पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन माग गरेका छन ।

राति साढे ४ बजेतिर सुख्खा पहिरो खसेको स्थानीयवासि बताउँछन । यसअघि पनि उक्त खण्डमा पहिरो खसेको थियो । पहिरो संभावित क्षेत्र पहिचान गरेर सडक खुलाउन डोजर तयारी अवस्थामा नराख्दा समस्या भइरहेको स्थानीयवासि बताउँछन । पहिरो खसिरहेकोले पैदल हिड्न समेत रोक लगाइएको छ ।

कर्णाली राजमार्ग पहिरो खसिरहने सडक हो । त्यही भएर सडक खण्डको बीचबीचमा डोजर राखिनु पर्ने कर्णलीबासी पहिले देखिको माग हो । तर पहिरो गइरहेको छ । तर पहिरो पन्छाउन निकै ढिलासुस्ती हुने गरेको छ ।

स्थानीय प्रशासनका अनुसार पहिरो गएको भन्ने सुन्नमा आएको छ । पहिरो कति ठुलो गएको छ देखिएको छैन । सडक डिभिजन कार्यालयलाई पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन भनिसकिएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक खुलाउने पहल भइरहेको छ ।

सडकमा पहिरो गएपछि यातायात सेवा ठप्प छन । कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरोको न्युन संभावना भएको खण्ड हो । पहिरो गएपछि पन्छाउन पनि निकै सजिलो क्षेत्र हो । तर समयमै सरोकारवालाको पहल हुन नसक्दा दिनभर थन्किनु पर्ने अवस्था सिर्जना हुने गरेको  सवारीसाधनका यात्रुहरू बताउँछन ।

Top