सुर्खेतको वीरेन्द्रनगर र दैलेखको भगवतीमाईमा सामग्री हस्तान्तरण

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २८, २०७८ (४:४१ PM)

सुर्खेतको वीरेन्द्रनगर र दैलेखको भगवतीमाईमा सामग्री हस्तान्तरण

सुर्खेत । कारितास नेपाल, नेपाल कोभिड १९ आपतकालिन परियोजनाको आर्थिक सहयोग र  एकता फाउण्डेशन नेपाल सुर्खेतको सहजिकरणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र  दैलेखको भगवतिमाई गाँउपालिकामा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरापालिकामा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख देवकुमार सुवेदीले सबैको साथ, सहयोग र समन्वयले कोरोनालाई जित्न सकिने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले वीरेन्द्रनगर नगरपालिका भित्रका मात्र होइन कर्णाली प्रदेशमा बसोबास गर्नेहरुलाई नै सेवा दिइरहेका छौ । खोप दिइरहेका छौ ।’ कोरोना महामारीलाई रोक्नका लागि सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

कार्यक्रममा एकता फाउण्डेशन नेपालका कार्यक्रम संयोजक दुर्गा घर्तीले मानव स्वास्थ्यका लागि सधैँ आफूहरु चनाखो हुने गरेको बताउनु भयो । सानो सहयोगले कसैको ज्यान बचाउँन सकिन्छ भने सहयोगका लागि किन तत्पर नहुने उहाँको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकालाई पिपिइसेट १०० वटा आइसोलेशन किट ५० वटा, अक्सिजन सिलिण्डर (अक्सिजन ग्याँससहित) २ वटा, ह्विल चियर २ वटा, अन्टिजेन किट ३०० वटा, स्टेचर २ गरी ४ लाख २५ हजार ३८० मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ ।

यसैगरी दैलेखको बेस्तडा कोरोना अस्पताल लाई रु ४, १०,८८५ (चारलाख दस हजार आठ सय पचाअसी) बराबरको सामग्रि हस्तान्तरण गरिएको छ । जसमा होम आईसुलेसन किड , ७५ वटा, सुचर सेट ५ वटा, ह्यिल चियर २ वटा, स्टेचर २ वटा, थर्मागन २ वटा,  पिपिसेट १५० वटा, बच्चा तौलको लागी डिजिटल मेसिन १ वटा, ड्रेसिङ्ग सेट ५ वटा डेलिभरी सेट ४ वटा रहेको एकता फाउण्डेशन नेपाल सुर्खेतले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा गाँउपालिकको प्रतिनिधित्व गर्दै वडा नं. ६ का वडाअध्यक्ष वीरशंकर रोकाया, स्वास्थ्य शाखा प्रमुख टिकाराम बिष्ट र  डा. प्रभाकर यादव, एकता फउण्डेशन नेपालको कार्यक्रम अधिकृत जनक अधिकारी, स्टाफ नर्श आशिका ढकाल, पबित्रा कु. रावत, सन्तोष कुमार थापालगायतको उपस्थिति रहेको थियो ।


Top