तिलाका स्थानीय भेडापालन व्यवसायमा रमाउँदै

विजय रावत   POSTED ON : भदौ ३१, २०७८ (२:१८ PM)

तिलाका स्थानीय भेडापालन व्यवसायमा रमाउँदै

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका – २ का  स्थानीयवासि भेडापालनमा लागेका छन् । 

सो गाउँका ८५ घरधुरीले पुस्तौँदेखि भेडापालन व्यवसाय गर्दै आएका छन् । पहाडको काखैमा घरैघरले भरिएको गाउँको मुख्य आम्दानीको पेसा भनेकै भेडापालन हो । 

यही भेडापालन व्यवसायीबाट छोराछोरी पढाउने, औषधिमुलो गर्ने र लुगाफाटो फेर्नेलगायतका आवश्यकता पूरा हुने सो गाउँकका स्थानीयवासि बताउँछन् ।


Top