भेरीमा हामफाली महिला बेपत्ता

खगेन्द्र अधिकारी   POSTED ON : भदौ ३१, २०७८ (५:११ PM)

भेरीमा हामफाली महिला बेपत्ता

सुर्खेत । वर्षातको उर्लिदो भेरी नदीमा हामफालेर एक जना महिला बेपत्ता भएकी छन् । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई बिहीबार भेरी नदीमा हामफालेर बेपत्ता भएकी थिइन् ।

उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा अमिला वेपत्ता भएकी थिइन् । मलामी गएकाहरुले हामफालि सकेपछि उनलाई देखेपछि प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाबाट गएको टोलीले घटनास्थलमा भएका कागजातका आधारमा उनको पुष्टि गरेको हो ।

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । प्रहरीले नदीमा हाम फालेर वेपत्ता भएकी अमिलाका दाजु प्रकाश परियारसँग सम्पर्क गरेको होे । उनका दाजु प्रकाशले आफ्नो बहिनी रहेको प्रहरी समक्ष बताएका छन् ।

नदीमा वेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी र आफन्तहरु जुटेको छ । नदीमा पानीको बहाव उच्च रहेकाले भेटाउन मुश्किल भएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन् । अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


Top