जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही

खगेन्द्र अधिकारी   POSTED ON : आश्विन २, २०७८ (५:३५ AM)

जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भए मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । कर्णालीवासीलाई आर्थिक रूपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक, सिञ्चाइ, स्वास्थ्य, शिक्षा लगायतका महŒवपूर्ण क्षेत्रमा जोड दिएको उहाँले बताउनभयो । जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको उहाँले दाबी गर्नुभयो ।

कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनुभएको हो । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्ताह सुरु भएको छ ।

मुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकासको लागि प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको बताउनुभयो । प्रदेशको विकासमा योगदान पु¥याउन आम नागरिकहरूले उत्पादन र श्रममा विश्वास गरेर अगाडि बढ्न उहाँले आह्वान गर्नुभयो ।

जनताको आर्थिक समृद्धि नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले नेपालको राजनीतिक स्कुलिङ सहि नभएको कारण युवाहरू गलत बाटोमा लाग्ने गरेको भन्दै अबको राजनीतिक स्कुलिङमा युवा तथा आम नागरिकलाई उत्पादन र श्रममा जोड्न केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले जानकारी दिनुभयो । उपाध्यक्ष खड्काकाअनुसार सप्ताहको पहिलो दिन आज सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य तथा युएनडिपीको भूमिकाबारे युएनडिपीका कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले तथा कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिबारे कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले प्रस्तुतिकरण गर्नुभएको थियो ।

समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनर्उत्थानका लागि दिगो विकास भन्ने मूल नाराका साथ सुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिनेछ । 


Top