भिरबाट लडेर मृत्यु

विजय रावत   POSTED ON : आश्विन २, २०७८ (६:२४ PM)

 भिरबाट लडेर मृत्यु

जुम्ला ।  भिरबाट लडेर जुम्लामा शनिबार एक जनाको मृत्यु भएको छ ।

यहाँको हिमा गाउँपालिका –  ७ का ५८ वर्षीय रत्नप्रसाद अधिकारीको मृत्यु भएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो ,“ वनपाखामा गाईगोरु खोज्न गएको अवस्थामा भिरबाट लडेर मृत्यु भएको हो ।यहाँको वनपाखा, जंगल बढी भिरालो भएकाले पनि काम गर्न जाने क्रममा लडेर अकालमै मृत्यु भएका घटना धेरै छन् । यहाँको जमिन नै भिरालो भएकोले आफै नै सचेत हुनु पर्ने गाउँपालिका अध्यक्ष  शाहीले बताउनुभयो  ।“ पछिल्लो समयमा जिल्लामा यस्ता प्रकारका घटना बढेको पाइन्छ । 


Top