उद्योग वाणिज्य महासंघको कृषि समिति सदस्यको विज्ञमा जुम्लाका राज शाही नियुक्त

विजय रावत   POSTED ON : आश्विन ३, २०७८ (११:५० AM)

उद्योग वाणिज्य महासंघको कृषि समिति सदस्यको विज्ञमा जुम्लाका राज शाही नियुक्त

जुम्ला । उद्योग  वाणिज्य महासंघको कृषि समितिमा जुम्लाका राज शाही कृषि विज्ञमा नियुक्त हुनु भएको छ । कृषि समिति सभापति अरुन सुमार्गीले शाहीलाई मनोनित गर्नुभएको हो  महासंगअन्र्तगतको कृषि समितिले कृषिका विभिन्न प्रोजेक्टहरु संचालन गर्दै आएको छ । त्यस समितिमा कृषि बुझेका वा कृषिज्ञको संख्या न्यून हुँदा ठोस उपलब्धी हुन नसकेको अवस्थामा शाहीजस्ता अनुभवीको सहभागिताले कृषि समितिको गरिमा बढाउनमा मद्धत पुग्ने  उद्योग  वाणिज्य महासंघको कृषि समितिले जनाएको छ ।

महासंग अन्तर्गतको कृषि समितिले कृषिका विभिन्न प्रोजेक्टहरु संचालन गर्दै आएको छ । त्यस समितिमा कृषि बुझेका वा कृषिज्ञको संख्या न्यून हुँदा ठोस उपलब्धी हुन नसकेको अवस्थामा जुम्लाका राज शाही जस्ता कृषि विज्ञलाई सदस्यको रुपमा राखी काम गर्दा अपेक्षित उपलब्धी हासिल हुने महासंघको अपेक्षा रहेको उद्योग  वाणिज्य महासंघको कृषि समितिले जनाएको छ ।

कृषि समितिमा नियुक्त शाहीले आफ्नो दक्षता,अनुभवका आधारमा महासंघको कृषि समितिलाई गति दिन निरन्तर लागि पर्ने बताउनुभयो ।

जुम्ला अर्गानिक्स एण्ड कर्णाली सुपरफाष्ट कम्पन्नीका संचालक समेत रहेका शाही विगत देखिनै कृषि क्षेत्रको विकास,किसानको सम्मान तथा प्रोत्साहनका विषयमा वकालत गर्दै आउनु भएको थियो ।

महासंघको कृषि समितिमा मनोनित भएपछि शाहीले कर्णालीको कृषि क्षेत्रको विकासका लागि थप उल्लेखनीय काम गर्ने आशा गरिएको छ ।  


Top