कर्णाली राजमार्ग हिलाम्मे हुँदा सवारी साधनलाई सास्ती

विजय रावत   POSTED ON : आश्विन ४, २०७८ (२:५२ PM)

कर्णाली राजमार्ग हिलाम्मे हुँदा सवारी साधनलाई सास्ती

जुम्ला ।  कर्णाली राजमार्गको विभिन्न सडकखण्डमा सडकनै हिलाम्मे हुदाँ सो सडकमा चल्ने सवारी साधनलाई सास्ती खेप्नु परेको छ । सो राजमार्ग अन्तरगतको सिम्लेखोलामा हिलोले गाडि जाम हुदा सवारी साधनदेखी यात्रुहरुलाई दिनहु समस्या भईरहेको छ । 

सिम्लेखोलामा पुल निर्माण भएतापनि सो क्षेत्रमा कालोपत्रे हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा दिनहु सवारी साधन जामहुदाँ यात्रुलाई सास्ति हुने गरेकोे छ । सिम्लेखोला पुल नजिक हिलोले उकालोमा गाडि नआउदा घण्टौ लगाएर ट्याक्टरले उद्धार गर्ने गरेपनि यात्रुहरुले दिनभर कुर्नुपरेको जुम्लादेखी नेपालगंज जान लाग्नु भएकी यात्रु ममता नेपालीले बताउनुभयो ।

 सिम्लेखोलामा एउटा गाडि चढ्न दुई  घण्टादेखी चार घण्टासम्म लाग्ने गरेको छ । त्यहाँ नत फोन लाग्छ नत कुनै होटलहरु समेत नभएकाले खाना खाने समेत समस्या भईरहेको छ  । बाटो बिग्रेर ठूला सावरी गाडि तथा मालवाहक ट्रकलाई त झन समस्या भईरहेको छ । सम्बन्धी निकायको ध्यान नजादाँ यो समस्या खडाभएको यहाँका स्थानीयवासि बताउँछन् ।

निर्माण व्यवसायीले काम गरेन

निर्माण व्यवसायीले समयमा काम नगर्दा सो क्षेत्रमा सवारी साधन, मालवाहक गाडिहरुले निकै धेरै दुख पाउने गरेका छन् । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार सो क्षेत्र सहित दुई तिन स्थानमा कामको जिम्मा लिएका निर्माण व्यवसायीले सयमै काम नगरिदिंदा यो समस्या भईरहेको छ । कालिकोटका ठेकेदार मानबहादुर शाहीले ठेक्का लिएको सो क्षेत्रमा अहिलेसम्म काम गरेका छैन । काम समयमा नगरेको भन्दै काम नगरे कालो सुचीमा राख्ने समेत कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । कर्णाली राजमार्गको विभिन्न क्षेत्रमा करिव पुलहरु धमाधम बनिरेहेको समयमा साना तिना हिलाम्मे क्षेत्रले सकस बनाउदै आएका छन् ।

ट्याक्टरले गाडि तान्दै

खल्लागाड, वालि जस्ता क्षेत्रमा पुल निर्माण कार्य सम्पन्न भएकाले गाडिहरु आवत आवतमा अहिले सहच भएको छ । हिलोले सिम्ले खोला पुलनजिक जुम्ला तिर जाने क्षेत्रबाट गाडि अगाडि नबढ्ने गरेकाले ट्याक्टरले दैनिक २० भन्दा बढि गाडि डोरी लगाएर उद्धार गर्न वाध्य भएको छ । सो क्षेत्रमा अहिले डोजर पनि छ्र्रन् । प्रति गाडि सो क्षेत्रमा ओसारे बापत रु पाँच सय रुपैया रकम लिने गरिएको छ । तर सो रकम पनि गाडिहरु सस्तो मान्दै आएका छन् ।

वाटो विग्रेपछि औषधी वोकेका आकस्मिक सवारी साधनहरु समेत सो क्षेत्रमा तिन घण्टा बढि थन्किने गरेका छन् । सो क्षेत्रमा बाटो खराब भएकाले संयूक्त राष्ट संघको स्वास्थ्य क्षेत्रमा काम गर्ने एक टोली पनि अढाई घण्टा थन्किन वाध्य भएको थियो । सो सडक भएर देशकै ठुलो र सन्दर राराताल घुम्न पाउने आन्तरिक पर्यटनलाई समेतलाई सास्ती भएको छ ।

 फोटो -कर्णाली राजमार्ग सडकखण्ड अन्तरर्गत सिम्लेखोलमा हिलोले गाडि जाम हुदा सो सडकखण्डमा चल्न सवारी साधनलाई सास्ती भएको छ । सिम्लेखोलामा पुल निर्माण भएतापनि सो क्षेत्रमा कालोपत्रे हुनुपर्नेमा निर्माण व्यवसायीले समयमै काम नगर्दा यो समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

तस्विर : विजय रावत (हिटा) जुम्ला


Top