काँग्रेस जुम्लाका सबै स्थानीय तहमा सभापति चयन

विजय रावत   POSTED ON : आश्विन ११, २०७८ (४:३६ PM)

काँग्रेस जुम्लाका सबै स्थानीय तहमा सभापति चयन

जुम्ला । एक नगरपालिका सहित सात गाउँपालिका गरि जम्मा आठवटा स्थानीय तह रहेको जुम्लामा  नेपाली काँग्रेस जुम्लाले यहाँका सबै  स्थानीय तहको सभापतिको टुंगो लगाएको छ। जसमा चन्दननाथ नगरपालिकाको सभापतिमा रविबहादुर थापा, कनकासुन्दरीमा लालु बुढा, सिँजामा गोविन्द शर्मा, गुठिचौरमा टेकबहादुर भण्डारी,हिमामा नरबहादुर शाही,तिलामा भत्तबहादुर रोकाया , पातारासिमा  गोरबहादुर बोहोरा र तातोपानी गाउँपालिकामा धनकृष्णा चौलागाई  सभापतिमा चयन भएको नेपाली काँग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले बताउनुभयो ।

चन्ददननाथ नगरपालिका बाहेक अरु सबै  गाउँपालिकामा सर्वसहमतिबाट सभापति टुंगिएको काङ्ग्रेस जुम्लाले जनाएको छ । जिल्लाको चन्दननाथ नगरपालिकामा भने निर्वाचन प्रक्रियाबाट सभापति चयन भएको थियो । शेरबहादुर देउवापक्षबाट अंगराज चौलागाई र रामचन्द्र पौडेल पक्षबाट रविबहादुर थापा सभापतिका लागि प्रतिस्पर्धा गरेका थियो ।

दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको थियो ।  देउवा पक्षबाट जयबहादुर रावल र नितेश शाहीको उम्मेदवारी परेको छ भने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको काँग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले बताउनुभयो ।

यसैगरी दुई जना सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको छ। देउवा पक्षबाट अर्जुन आचार्य एक्लो उम्मेदवार छन्। पौडेल पक्षबाट मक्करबहादुर रावल र हस्त सार्कीको उम्मेदवारी परेको छ। यसैगरी दुईजना सहसचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ। देउवा पक्षबाट धनाकुमारी थापा र मकर बुढथापा छन्। पौडेल पक्षबाट चन्द्रबहादुर रावत र चोरबहादुर भण्डारीले उम्मेदवारी दिएका हुन्।  

नगरको नेतृत्व चयन गर्नको लागि १ सय ७२ जना मतदाता छन्।  २ जना जिल्ला बाहिर रहेको ले १ सय ७० जनाले मात्र मतदान गर्न  गरेको काङ्ग्रेस जुम्लाले जनाएको छ। 

Top