बालविवाह रोकथाममा सक्रिय हुँदै जुम्लाका किशोरी

विजय रावत   POSTED ON : आश्विन १३, २०७८ (३:०८ PM)

बालविवाह रोकथाममा सक्रिय हुँदै जुम्लाका किशोरी

जुम्ला । जुम्लाको सिँजा गाउँपालिका किशोरीहरु बालविवाह लगायतका कुरीति विरुद्धा रोकथाम तथा नियन्त्रणमा पछिल्लो समयमा सक्रिय हुने थालेका छन् । बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउँछन । बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीहरुलाई समेत लाग्न अनुरोध गर्ने गरेको सो  गाउँपालिका – ३ का किशोरी हजारी सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,“बालविवाहले अनेक प्रकारका हिंसा फैलिइरहेको हुन छ गाउँमा । सानै उमेरमा विवाह गर्दा शारीरिक अवस्था परिपक्क भएको हुदैन । त्यसैमा बच्चा जन्मन्छ । आमा र बच्चाको अवस्था निकै जोखिम हुने खतरा हुन्छ । शैक्षिक क्रियाकलापमा सहभागि हुन पाउँदैनन ।

कार्यवोझका कारण मानसिक, शारीरिक र संवेगनात्मक हिसावले निकै कमजारे अनुभुति हुनेगर्छ । जसले जीवनभर दुख पाइन्छ । गाउँमा बालविवाहले निम्त्याएको विकिृतका बारेमा अभिभावकलाई बबुझाउँ गरेको किशोरी सार्कीले बताउनुभयो ।” सानै उमेरमा छोरीको विवाह नगर्न र वुहारी नभित्र्याउनको लागि सार्की अपिल गर्छिन । बालविवाह एकै चोटी अन्त्य गर्न सकिने बिषय होइन । बालविवाहको असर बुझाउँदै जादा आफै हराउँदै जाने बिषय हो । अहिले सिँजाका किशोरी सामुहिक रुपमा समाजमा थुप्रिएर बसेका कुरीतिका बिषयमा आवाज उठाउन थालेको यहाँका स्थानीयवासि बताउँछन् ।  

अहिले गाउँगाउँमा किशोरी सक्रिय हुन थालेपछि विकृतीजन्य क्रियाकलापमा कमी आएको स्थानीयवासि साजना चौलागाइले बताउनुभयो । बालविवाह रोक्न जनप्रतिनिधि गैरजिम्मेवार बनेका छन् । जनप्रतिनिधि नै बालविवाह गरेको भोजभतेरमा जाने गरेका छन । बालविवाह रोक्न कुनै प्रक्रिया अपनाउँदैनन । गाउँमा बालविवाह बढ्दा कुनै चासो राख्दैनन । सो गाउँपालिका स्थानीयवासि  चन्द्रबहादुर रोकायाले बतउनुभयो । यहाँका आठवटै वटा स्थानीय तहमा सामाजिक विकृति विरुद्धको किशोरीहरुले अभियान शुरु भएका छन् । 



Top