रैथाने बालीमा जोड दिदै जुम्लाका किसान

विजय रावत   POSTED ON : आश्विन १६, २०७८ (११:३५ AM)

रैथाने बालीमा जोड दिदै जुम्लाका किसान

जुम्ला । पछिल्लो समय जुम्लाका किसान रैथाने खेतीलाई जोड दिदै आएका छन् । उत्पारिवर्तशिल बाली प्रजनन (इपिबी) परियोजनाले यहाँको किसानलाई रैथाने बालीदेखी अन्य अर्गानिक बाली उत्पादन र संरक्षणमा लागेपछि सो खेतीमा किसान आकर्षणदेखी रैथाने बाली संरक्षणमा जुटेको यहाँको तातोपानी गाउँपालिकाका किसान बताउँछन् ।

 लोपोन्मुख जुम्लाको कालीमार्सी धान,चिनो कागुनो,कोदो र सिमी लगायतका रैथाने बालीको सरक्षणमा किसान जुटेका हुन् । बढ्दो बजार माग र महत्व बुझेपछि जुम्ली किसान पछिल्लो समय रैथानेबालीको प्रर्बद्धनमा जुटेको पाइएको छ । स्थानीय गैरसरकारी संस्था लीवर्डले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउदै आएको छ । जसका कारण जुम्ली किसान रैथाने बालीको खेतीमा आर्कषित भएको किसान राजकन्या उपाध्यायले बताउनुभयो । अनुभव साटासाट गर्नेका लागी सो संस्थाले लमजुङ्गका किसानलाई भ्रमण गराउका जुम्ला ल्याएको छ ।

 खेती प्रणाली,उत्पादन बृद्धि संकलन भण्डार,बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा रैथाने बाली संरक्षण गर्ने लीवर्ड संस्थाले जिल्लाका किसान र लमजुङ्गका किसान बीच अन्तरक्रिया समेत गरेको छ । माग बढ्दै गएपछि कालीमार्सी धान,सिमि,चिनो कागुनो लगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको तातोपानी – ४ का किसान राजकन्या उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो,“उत्पादन बृद्धि गर्न कृषिमा आधुनिकरण बहुरुपी जातको खेतीमा जोडदिन आबश्यक छ । रैथाने बालीको माग बढेको छ । हामी रैथाने बाली उत्पादन, प्रर्बद्धन तथा खेती विस्तारमा जुटेका छौ ।”मार्सीधान, सिमि मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादनबृद्धि तथा खेती विस्तारको लागी अनुसन्धानलाई जोड दिनुपर्छ । उत्पादन,संकलन,लेबलिङ,प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्ने स्थानीयवासि उपाध्यायले बताउनुभयो । ” 

लीवर्डले तातोपानी गाउँपालिका स्थित एैरेनीको एक मार्सी फाँटमा विगतका वर्षदेखि अनुसन्धान गर्दै आएको छ । जिल्लामा संचालित धान तथा सिमीका बहुरुपिय जातहरुको अनुगमन गर्न जुम्ला पुगेका लीवर्डका बाली प्रजनक श्रीप्रसाद न्यौपानले मार्सीधानको उत्पादन बृद्धिका लागि बहुरुपीय जातको खेतीमा जोड दिनुपर्ने बताउनुभयो । जुम्लामै उत्पादन हुने विभिन्न जात मिसाई बहुरुपी जातको खेती गर्ने । बाली समहु उपसमुह बनाउने । बजारीकरण सहजका लागि बाली दर्ता प्रक्रिया शुरु गर्ने जस्ता कार्यमा लीवर्ड प्राविधिक सहयोग गर्ने छ । समान प्रकृति भएका एकैबाली भित्रका जातहरु एक आपसमा मिसाएर खेतीगर्दा बढी जलबायु अनुकुलनशील तथा दिगो उत्पादन दिनसक्ने खालका हुन्छन् लीवर्डका बाली प्रजनक न्यौपानले भन्नुभयो,“ जुम्लाको हावापानीमा बहुरुपीय जातको खेती उपयुक्त हुने । लमजुङ्ग जिल्लामा पनि लीवर्डले धान र कागुनो बालीमा काम गर्दे आएको बाली प्रजनक न्यौपानलेले बताउनुभयो । ”

 किसान भक्त बहादुर गिरीले लीवडकै सहयोगले लमजुङ्गमा लोप हुन थालेको कागुनो खेती विस्तार भएको छ । बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव रहेको छ । गतवर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको किसान गिरीले बताउनुभयो । लमजुङकी किसान सानुमाया गुरुङले पनि लोप भएको कागुनोलाइ पकेट क्षेत्रकै रुपमा खेती गरेर उत्पादन गरेको छु । लम्जुङको कागुनोको खिर दुईवर्ष पहिले काठमान्डौमा भएको खाद्य मेलामा प्रथम भएपछि अझै कागुनो खेतीप्रति आर्कषित भएको बताउनुभयो ।

 मार्सीको उत्पादन,भण्डार तथा खेती प्रक्रियाबारे  पनि  जुम्ली किसानले आफ्ना अनुभव लमजुङका किसानलाई सुनाएका थियो । स्थानीय तहमा ठोस कृषि नीति नहुनु,कृषिमा अप्रयाप्त बजेट,यूवा शक्ति पलायन हुनु लगायतका विभिन्न कारणले उत्पादन बृद्धि नभएको उल्लेख गरे । तर लीवर्ड एैरेनीको मार्सी फाँटमा मार्सीको अनुसन्धान गर्नथालेपछि उत्पादन बढ्ने थालेको छ । उत्पादन बृद्धिका लागि आगामी वर्ष हामी बहुरुपी जातको मार्सी खेती गर्ने सोचमा रहेको जुम्ली किसान बताउँछन् । प्रदेश सरकारले रैथाने बाली प्रर्बद्धन कार्यक्रम सञ्चालन गरेपनि त्यति प्रभावकारी हुन सकेको छैन् । 

तर किसान आफै रैथाने बाली सरंक्षणमा जागरुक भएका छन् । जुम्लीमार्सी,सिमि,चिनो,कागुनो,कोदो,फापर लगायतको रैथानीबालीको खेती,उत्पादन बृद्धि,संकलन बजारीकरण नीति निर्माणका लागी स्थानीयतहदेखि प्रदेश केन्द्र तहमा बहस गर्ने समेत लीवर्डका बाली प्रजनक न्यौपानेले बताउनुभयो ।  सो संस्थाले लमजुङ्गका किसानलाई जुम्लाको मार्सी धानको खेतीबारे कृषि भ्रमण गर्ने जुम्ला ल्याएको छ । सो संस्थाको परियोना अन्तरर्गत साझेदारी निकाय लीवर्ड,नेपाल कृषि अनुसन्धान परिषद् जीन वैंक,खुमलटार र वायोभर्सिटि ईन्टरनेशनलको संयुक्त साझेदारीमा संचालन परियोजना भएको लीवर्डले जनाएको छ । 



Top