भालुको आक्रमणबाट जुम्लाको गुठीचौरमा एक जनाको मृत्यु

विजय रावत   POSTED ON : आश्विन १७, २०७८ (८:०० PM)

भालुको आक्रमणबाट जुम्लाको गुठीचौरमा  एक जनाको मृत्यु

जुम्ला। जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका- ५ झारज्वाला नजिक भालुले आक्रमण गर्दा एक जनाएको मृत्यु भएको छ । सो गाउँपालिका- ३ दामदासे गाउँका बृद्ध हिमा रोकायालाई भालुले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घर तर्फ जाने क्रममा बाटोमै भालुले आक्रमण गरी मृत्यु भएको गुठीचौर प्रहरी चौकीका इन्चार्ज कमल श्रेष्ठले बताउनुभयो । मृतकको ढाड र गर्धनमा भालुले खाएको छ ।भालुलाई अहिले सेना र प्रहरीले नियन्त्रणमा लिएकाे  गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयाे । 
गत साउन महिनाको अन्तिम साता सदरमुकाम खलङ्गामा भालुको आक्रमणमा परेर दुई जना घाइते भएका थिए । भालुले आक्रमण गर्दा दैलेख जिल्ला घरभई जुम्ला सदरमुकाम खलंगामा बस्दै आएका हिमराज रोकाया र निर्मला रोकाया घाइते बनाएको थियो ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भएको थियो । मान्छेलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको थियो । 

Top