कोभिड प्रभावितलाई खाद्यान्न सहयोग

विजय रावत   POSTED ON : आश्विन १८, २०७८ (१२:२७ PM)

 कोभिड प्रभावितलाई खाद्यान्न सहयोग

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाका कोभिड प्रभावितलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको १,४ र ५ वडाका ३० घरपरिवारलाई राहतस्वरुप खाद्यान्न सामाग्री सहयोग गरिएको हो । नगरप्रमुख कान्तिका सेजुवालले खाद्यान्न सामाग्री प्रदान गर्दै कोरोनाका कारण जनजीवन निकै प्रभावित भएका स्थानीयवासिलाई खाद्यन्न सामाग्री वितरण गरेको नगरप्रमुख सेजुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सवैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने नागरिक कोभिडले प्रभावित भएका छन् । यो राहत सामाग्रीले मद्दत पुग्ने छ ।  कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत छैन  । अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यन्न सामाग्रीले निकै ठुलो महत्व राखेको नगरप्रमुख सेजुवालले बताउनुभयो । ”

 कारीतास जर्मन,कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्र्तगत खाद्यान्न सामाग्री नगरपालिकालाई सहयोग गरिएको पेस नेपालले जनाएको छ  । कोरोना प्रभावितलाई केन्द्रीत गरेर राहत बाँडेकोमा नगरवासि खुसी भएको सो नगरपालिकाका स्थानीयवासि बताउँछन् ।

प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल,दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको थियो । कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको पेस नेपालका कार्यक्रम संयोजक हेमराज भट्टले बताउनुभयो । 



Top