पातारासी गाउँपालिकाद्धारा कोभिड प्रभावितलाई राहत

विजय रावत   POSTED ON : आश्विन २०, २०७८ (६:३० PM)

पातारासी गाउँपालिकाद्धारा कोभिड प्रभावितलाई राहत

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाद्धारा कोभिड प्रभावितलाई राहत वितरण गरिएको छ । सो गाउँपालिकाका ४० प्रभावित घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रति परिवार एक बोरा चामल, साढे २ केजी दाल,दुई लिटर तेल,एक पोका नुनर र एक केजी चिनी प्रदान गरिएको छ । कोभिड प्रभावित लाई सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर राहत प्रदान गरिएको छ । कारीतास जर्मन,कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड १९ प्रतिकार्य परियोजना २०२१, अन्र्तगत खाद्यन्न सामाग्री गाउँपालिकाका स्थानीयवासिलाई प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष महताराले बताउनुभयो । ”

गाउँपालिकाले कोभिड प्रभावितको सुचीमा राखेका परिवारलाई राहत प्रदान गरिएको हो । गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले राहत वितरण गर्दै थोरै भएपनि कोभिड प्रभावितको परिवारमा यो राहतले मलहम पट्टीको काम गरेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिा भित्रका सवैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने,अपाङ्गता भएका व्यक्ति,एकल महिला छानेर राहत दिइएको छ । सो राहत सामाग्रीले ठुलो राहत मिल्ने अपेक्षा रहेको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बतनाउनुभयो । कोरोना महामारीका कारण सबै प्रभावित बने । सबैभन्दा बढि प्रभावित छनौट गरेर राहत दिइएको छ । कोरोना संक्रमण फैलन नदिन लामो समय जिल्लामा निषेधाज्ञा चल्यो । त्यो बेला ज्यालामजदुरीका काम हुन सकेनन । घरमै थन्किएर बस्दा आम्दानीको स्रोत गुम्यो । अहिले हातमुख जोड्न पनि कठिन भएको छ । यो अवस्थामा दिइएको खाद्यन्न सामाग्रीले निकै ठुलो महत्व राखेको गाउँपालिकाले जनाएको छ ।

कोरोनाले कतै चल्न दिएन । आमदानीको स्रोत नै बन्द भए । अन्नवालीमा रोग किराको संक्रमणले उत्पादन कम भए । यही समयमा दिइएको राहतले ठुलो काम भएको छ । कोरोना प्रभावितलाई केन्द्रीत गरेर राहत बाँडेकोमा स्थान्यि सरकारदेखी गौरसरकारी संस्थाले निकै राहत गरेको कोरोना प्रभावित ताराबहादुर बोहोराले बताउनुभयो । 


Top