आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

दाने बोहरा   POSTED ON : आश्विन २१, २०७८ (१२:०४ PM)

आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा ६ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले उद्घाटन गर्नुभएको हो ।

सिमकोट गाउँपालिका वडा ६ का वडाध्यक्ष जयचन्द्र रोकायाको अध्यक्षतामा, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतको प्रमुख आथित्यमा र उपाध्यक्ष वलि रावतको विषेश आथित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख रावत र उपाध्यक्ष रावतले रिवन काटेर नयाँ निर्माण सम्पन्न भएको भवन एकसाथ उद्घाटन गर्नुभएको हो ।

वडा ६ माथिल्लो गाउँका सहित बजार आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागी स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरेर उद्घाटन गरीएको हो ।

कुल ४२ लाखको लागतमा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । भवन निर्माणका लागी रु ३२ लाख र भवन क्षेत्रको घेरबारका लागी रु दश लाख गरेर कुल ४२ लाखमा उक्त भवन सहित घेरबार कार्यसम्पन्न भएको हो ।

सर्वसाधरणका लागि गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँन स्वास्थ्य केन्द्र भवन निर्माण जानकारी प्राप्त भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले एक अहेब र एक अनमी, एक कार्यालय सहयोगी गरेर तीन जना कर्मचारी रहेको सोही सेवा केन्द्र प्रमुख राजु रावतले जानाकरी दिनुभयो ।


Top