जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

विजय रावत   POSTED ON : आश्विन २३, २०७८ (१०:४४ AM)

जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोना खोप

जुम्ला । पछिल्लो समय जुम्लामा कोरोनाका खोप लगाउनेको संङ्ख्या बढेको छ  । यहाँका करिब  ४६ हजार ६ सय ४२ जना नागरिकलाई  खोप  लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, 'पहिलो  र दोस्रो  मात्रा गरि ४६ हजार ६ सय ४२ जना नागरिकहरूले कोरोना विरुद्ध खोप लगाएका छन्  । जिल्लामा  पूरामात्रामा  खोप लगाउनेको सङ्ख्या १९ हजार ८ सय ४७ जना रहेकाछन् ।  २७ हजार ७ सय ९७ जनाले दोस्रो मात्रको खोप लगाएकाछन् । जिल्लामा कोभिड-१९ विरुद्धको खोप १८ वर्ष देखि माथिकालाई दिएको  स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताउनुभयो ।' 

खोप लगाउन  छुटेका र बाँकी रहेका नागरिकहरूलाई अब छिट्टै खोप लगाईने भएको छ । दोस्रो खोपको प्रखाईमा बसेका नागरिक लाई पनि  छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । पहिला खोप लगाउन नपाउँदै पनि कोरोना भाइरस जितेका स्थानीयवासी सुन्दरी पाण्डेका अनुसार अब झन कोरोनाको खोप पाएका छौ ।  कोरोना विरुद्धको राहत मिलेको महशुल भएको छ । अब डराउनु पर्दैन आत्मबल बलियो बनाएर कोभिड लाई सामान गरि अघि बढ्ने स्थानीयवासी पाण्डेले बताउनुभयो ।

 अझै कोरोना हटेको छैन् स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह अति आवश्यक रहेको छ।  दशैँ तिहार नजिकिदै गर्दा सहर वजारमा भिडभाड वढेको देखिन्छ। यसले  कोरोना फैलाउने देखिन्छ । भिडभाड नगरि सुरक्षित रुपमा  दशै तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 

Top