हवाई टिकट पाउन मुस्किल

दाने बोहरा   POSTED ON : आश्विन २५, २०७८ (१०:५४ AM)

हवाई टिकट पाउन मुस्किल

हुम्ला । नेपालीको मुख्य चाड दसैं तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दशैं तिहार जस्ता ठूला चाडबाडमा जिल्ला बाहिरीने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ । अन्य जिल्ला बाहिरबाट रोजगारी तथा कामको शिलशिलामा हुम्ला पुगेका नागरीकलाई यो समय टिकट पाउन मुस्किल हुने गरेको गुनासो आउन थालेको छ । नेपालगञ्ज सुर्खेत जानका लागी सिमकोट विमानस्थलमा विहानको समयमा टिकटका लागी यात्रुको चाप बढी हुने भएपनि जिल्ला बाहिरीनका लागि टिक पाउन मुस्किल हुने गरेको छ । दशैंको समयमा नेपालगञ्ज सुर्खेतबाट उडान भर्दै आएका निजी एयरलाईन्स सिता, तारा र समिटले कम उडान भरेका कारण यात्रुलाई टिकट पाउन मुस्किल भएको हो । अन्य समयमा सुर्खेत, नेपालञ्जबाट दैनिक १५ भन्दा बढी फलाईट भर्दै आएका निजी जहाजले यो समय एक दुई उडान भरेका कारण जिल्ला बाहिरीने यात्रुलाई टिकट पाउन मुस्किल हुन गरेको हो । दशैं तिहारको समयमा एकैपटक ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले विमानस्थलमा चाप बढ्नुका साथै टिकट पाउन मुस्किल हुने गरेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । यस्तै नेपालगञ्ज, सुर्खेत, काठमाण्डौं लगायतका शहरहरुमा अध्ययन तथा रोजगारीको शिलशिलामा रहेका हुम्लीलाई वर्षको एक पटक आएको दशैं मनाउन घर पुग्न टिकट नपाएर थप कठिनाई हुने गरेको छ । सिमकोट विमनस्थलमा यात्रुको चाप बढेको छ भने नेपालगञ्ज र सुर्खेतमा हुम्ला पुग्ने यात्रुलाई टिक पाउन समस्या हुने गरेको हो । सदरमुकाम सिमकोटमा बसोबास गरीरहेका जिल्लाबासिहरु दशैं मनाउनको लागि आफ्नो घर तिर जान थालेका छन् ।
Top