पहिरोले पुरिदा एकै घरका ६ जनाको मृत्यु

दाने बोहरा   POSTED ON : कार्तिक ३, २०७८ (११:३३ AM)

पहिरोले पुरिदा एकै घरका ६ जनाको मृत्यु

हुम्ला । हुम्लाको खापुर्नाथ गाउँपालिका वडा ५ खर्पेलगाउँमा पहिरोमा पुरिँदा ६ जनाको मृत्युभएको छ । आइतबार राति देखि आएको लगातारको वर्षाले मङ्गलबार राति धाविरे शाहीको घर माथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको पुरिएर मृत्युभएको जिल्ला प्रहररुी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो । 

खर्पेलगाउँस्थित धनबिरे शाहीको घरमा मङ्गलबार राति माथीबाट खसेको पहिरोले घर पुरिदा धनबिरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरोले पुरिएर बेपत्ता भएका भनिएका दुई धनबिरे शाही र उनका १४ वर्षका छोरा अलेन्द्र शाहीको पहिरोमा पुरिएको स्थानबाट मृतअवस्थामा निकालिएको हो । प्रहरी प्रमुख शर्मा आफुसम्बन्धित घट्नास्थलमा पुगेको बताउनुभयो ।

Top