हिमपातपछि हुम्लाको नाम्खा सञ्चार सम्पर्कविहिन

दाने बोहरा   POSTED ON : कार्तिक ३, २०७८ (६:५२ PM)

हिमपातपछि हुम्लाको नाम्खा सञ्चार सम्पर्कविहिन

हुम्ला । देशभर आइतबार राति देखि मौसममा फेरवदल आएसँगै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाको उच्च क्षेत्रमा हिमपात भएको छ । सोमबार उत्तरी नाम्खामा हिमपात हुँदा जनजीवन प्रभावित पारेको छन् भने यस क्षेत्र सञ्चारविच्छेद बनेको छ ।

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो । नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो । हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह समेत गरिएको छ । हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएको छ ।

 नाम्खा गाउँपालिकाको अधिकांश स्थान सञ्चार सम्पर्क विहीन बनेको छ । हिमपातका कारण हिल्सा, मुचु, लिमी क्षेत्र सम्पर्कविहीन भएको छ । यस क्षेत्रमा रहेका नस्मते टेलिफोन, एडिएसएल, वल्र्डलिंकले समेत काम गर्न छोड्दा नाम्खाका अधिकांस क्षेत्र सम्पर्क विहिन बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

 हिमपातका कारण चीन सरकारले दिएको राहत सामग्री बुझ्न हिल्सा नाका पुगेका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलगायतको टोलीसमेत हिल्सामै अलपत्र परेको छ । सामाग्री बुझ्न भएको पछिल्लो दिनदेखि जिल्लाको तल्लो भेगमा भारी वर्षाका साथै माथिल्लो उच्च भेगमा हिमपात भएका कारण सम्पुर्ण सञ्चार सेवा अवरुद्ध हुँदा नाम्खा सम्पर्क विहिन बन्न पुगेको छ । 


Top