नाम्खाको तुम्लिङमा चार विदेशीसहित १२ जना फसे

दाने बोहरा   POSTED ON : कार्तिक ४, २०७८ (११:५६ AM)

नाम्खाको तुम्लिङमा चार विदेशीसहित १२ जना फसे

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीको ट्रेकिङमा आएका स्लोभेनियाका ४ नागरिक, ३ जना टुरिस्टगाइड र ५ जना स्थानीय नागरिक आइतबारबाट परेको बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् ।

पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको ट्रेकिङ सकाएर सिमकोट फर्किने क्रममा आईतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । 

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर चार जना स्लोभेनियाका नागरिक सहित १२ जना सहित आठवटा खच्चड समेत रोकिएका हुन् । 

असोज २२ गते सिमकोट बाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएका टोलि र ट्रेकिङपछि टोली न्यालु लेक हुँदै पैदलमार्ग बाट सिमकोट आउने कार्यक्रम रहेको र आईतबार बाट परेको बाक्लो हिमपातको कारण न्यालु लेकमा बाक्लो हिमपात हुँदा उक्त टोली उतै रोकिनु परेको रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामा बताउनुभयो । 

आईतबार बाट परेको हिमपादले न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेको ले बाटो बन्द  भएपछि स्थानिय नागरीक आन्तरीक तथा बाहीय प्रर्यटक लाई आवत जानतमा समस्या रहेको नाम्खा गाउँपालिका–६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । 

ट्रेकिङमा आएका स्लोभेनियाका ४ नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयमा पत्र लेखी पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन । उद्धारको लागि एयर डाइनेष्टीको हेलिकोप्टर मगाइएको हुँदा आज उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । 


Top