पाकेको मार्सीधान बर्षा र बाढीले क्षति गर्दा जुम्लाका किसान निराश

विजय रावत   POSTED ON : कार्तिक ९, २०७८ (१०:४४ AM)

पाकेको मार्सीधान बर्षा र बाढीले क्षति गर्दा जुम्लाका किसान निराश

जुम्ला । जुम्लाका किसानहरुले उत्पादन गरेको मार्सीधान पाकेर खेतका फाँटमा पहेँलो भएर सो धान किसान तिर हेरर बसेको थियोे । किसानका लागि कहिले नसोचेको बर्षा र बाढी पहिरोले खेतमा पाकेको धान सबै नष्ट गरो । घरमै भित्र्याउनै लागेको मार्सी धानको खेतहरुमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भयो ।

जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधाका खेतहरुमा बाढि पसेपछि ठूलो मात्रामा धान क्षेति भएको किसानहरु बताउँछन् । यहाँको  तातोपानी देखी पानसय क्षेत्र र कुडारी हुदै नुवाकोट क्षेत्रमा भारी बर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुवाएर लिएको स्थानीयवासिले जनाएका छन् । मार्सीधानको उद्गम स्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढि आएको र ठूला ठूला काठमा पुलहरु समेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानलेले बताउनुभयो ।

 लाक्षु ज्यूलाको बिचैमा बाढी आएर भित्र्याउन लागेको धानमा ठूलो क्षेति भएको छ । सोही गाउँपालिका (४ हाँकु क्षेत्रको ठाँटा ज्यूलोमा मार्सीधानमा ठूलो क्षेति भएको स्थानीयवासि देवी प्रसाद पाण्डेले बताउनुभयो ।यहाँका किसानको ५०देखि ६० भारीको खेतमा उत्पादन हुने धानको फाटमा नदिले बगिरहेको  स्थानीयवासि माया पाण्डेले बताउनुभयो । 

तिला गाउँपालिका ( ४ का स्थानीय प्रेमबहादुर शाहीका अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय  प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर २९ सय हेक्टर धान फल्ने क्षेत्र भएको मध्य करिब १३ हेक्टर मार्सीधान उत्पादन हुने खेत बाढीले बगाएको छ । ५ हेक्टर खेत  डुबानमा परेको  छ।खेतमा काटिएको सवै धान भिजेको छ । जिल्लाको नौसय हेक्टर धान काट्न वाँकी रहेको कार्यालय प्रमुख देवकोटाले  बताउनुभयो ।यहाँको  धेरै मात्रामा रातिमार्सी धान हुने सिंजा क्षेत्रमा धान पानीको डुवानमा परेर बिग्रेको छ । एक साप्ता अगाडि परेको अविरल बर्षाले यहाँको  ६ करोड धानबालीमा क्षेति भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 


Top