साढे एक महिना देखि विद्युत सेवा अवरुद्ध, टालटुल गर्दै बजेट खर्च

दाने बोहरा   POSTED ON : कार्तिक १६, २०७८ (११:२३ AM)

साढे एक महिना देखि विद्युत सेवा अवरुद्ध, टालटुल गर्दै बजेट खर्च

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र साढे एक महिनादेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्र, र यहाँको उपभोक्ता समितीको चरम लापरवाहीले सदरमुकाम सिमकोट सहित दुईवटा गाउँपालिकाका सेवाग्राहीले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ । 

गएको भदौ अन्तिम महिना देखि अवरुद्ध बनेको विद्युत समयमै मर्मत नहुँदा सदरमुकाम सहित सिमकोट र खार्पुनाथ गाउँपालिकाका २ हजार ३ सय बढी सेवाग्राही अन्धकारमा बस्दै आउनुपरेको छ । 

पावर हाउस नजिक रहेको ओभर फ्लो तथा विद्युत गृहको फर्बेमा बाढी पहिरोले क्षेति गर्दा  विद्युत सेवा झण्डै दुई महिना देखि बन्द रहेको छ । विद्युत गृहको फर्बेमा केही मात्रामा मर्मत भएको भएपनि पहिरोले लिएको भाग पुरै मर्मत हुन नसकेको हो । 

पहिरोले लिएको भाग मर्मत गर्न अझै समय लाग्ने भएको नेपाल विद्युत प्राधिकरण  हेल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडिले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरै भाग मर्मतका लागि बजेट र सामाग्रीको अभाव रहेको छ , अहिले केही मात्रामा मर्मत गरेर अस्थाईरुपमा विद्युत सञ्चालनमा ल्याउने तयारी भईरहेको छ । ” 

पहिरोले लिएको क्यानल सहित अन्य क्षेत्र मर्मत गर्न ठूलो बजेटको आवश्यकका साथै समय बढी चाहिने भएको उहाँले बताउनुभयो । पहिरोले लिएको विद्युत गृहको फर्बेमा झण्डै ३ सय ६५ थान ग्याविनको समेत आवश्यक पर्ने देखिएको प्रमुख ऐडिले बताउनुभयो । मर्मतका नाममा हेल्दुम वितरण केन्द्रको आयोजनाले वर्षेनी करोड बढी खर्च गरिसकेको छ । तर यसले दिगोपना दिन नसक्दा सेवाग्राहीले सास्ति खेप्नु परिरहेको छ । 

यो पटकको मर्मतका लागि रु २५ लाख बजेट विनियोजन भईसकेको जानकारी प्राप्त भएको । एक पटक विद्युत अवरुछ हुँदा २० लाख देखि बढी खर्च लाग्ने गरेको छ । वैशाख यता देखि दुई पटक मर्मत भइसकेको छ । आयोजनाको सामाग्रीहरु पुरानो भएका कारण पटक पटक मर्मत गर्नुपरेको हो । आयोजनाको विभिन्न स्थानमा रहेका क्यालनहरु चुहिने अवस्थामा रहेका छन् । मर्मतको नाममा बजेट खर्च हुँदा विद्युत गृहका क्यानलहरु च्ुहिने भएका हुने । विद्युत गृहको फर्वेमा अहिले प्लाष्टिकका पोलिथिङ पाइप जडान गरिएका छन् । यसले गर्दा हिउँदमा बरफ जम्ने भएका कारण फुट्दै जाने र फेरी सेवाग्राही अन्धकारमा बस्दै आउनुपर्ने भएको छ । पहिरोले लिएको भाग मर्मत नगरेर प्लाष्टिकका पोलिथिङ पाइप मात्रै जडान गरिएको छ । 

टालटुल गर्दै बजेट खर्च

सधै विद्युत सेवा अवरुद्ध भईरहेपनि मर्मतका नाममा टालटुल पारेर लाखौंको बजेट खर्च हुने गरेको छ । खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो । 

आयोजनाको पावर हाउस नजिक रहेको दुई ठाउँमा भक्दिा विद्युत उत्पादन नहुँदा सिमकोट लगायतका गाउँहरु अन्धकार हुनु परेको हिल्दुम साना जलविद्युत आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा आपुर्ति भएको विद्युत अवरुद्ध भएपछि यहाँका सरकारी तथा गैरसरकारी कार्यालय सहित सेवाग्राहीले सास्ति खेपी रहनुपरेको छ । विद्युत अवरुद्ध भएको केही दिन अर्थात करिब २२ दिनसम्म मर्मत कार्य गरेपनि दिपोपना हुने अवस्था नरहेको देखिएको छ । 

ओभर फ्लो सहित भत्किएका विभिन्न ठाउँमा मर्मत गरेपनि अवस्थाईरुपमा बनाइएका छन् । नेपाल विद्युत प्राधिकरण कार्यालय हुम्लाले आज देखि अस्थाईरुपमा विद्युत आपूर्ति सञ्चालनमा ल्याउने भएपनि हिउँदको समयमा हिमपात हुँदा प्लाष्टिकका पोलिथिङ पाइप फेरी टुटफुट भएर बेला बेलामा अवरुद्ध हुने सम्भावना बढी रहेको छ । 

ओभर फ्लो सहित नहर भत्किएको ठाउँमा झण्डै तीन सय ६५ थान ग्याबिन लाग्ने अनुमान गरिएको छ । सधै अवरुद्ध हुने आयोजना दिगोपना नदिएर मर्मतका नाममा मागि खाने भाढो भएको छ । वर्षेनी करोडौंको बजेट खर्च गरेपनि सदरमुकाम बासिले महिना दिनसम्म अन्धकारमा बस्नुपर्ने अन्त्य हुन सकिरहेको छैन् । यो पटक समेत झण्डै २५ लाख भन्दा बढी बजेट खर्च गरेर मर्मत गरेपनि झारो टार्ने र सेवाग्राहीका आँखामा छारो हाल्ने काम मात्रै हुने देखिएको छ । मर्मतका लागि अझ यो भन्दा बढी बजेटको माग गरिएको र स्वीकृत हुन बाँकी रहेको बताइएको छ । जति बजेट खर्च गरेपनि दिगोपना बनाउँन नसकिने देखिने भएको छ । 

आयोजनाले आज परिक्षणका लागि विद्युत केही सयम सञ्चालन गरेर विभिन्न ठाउँबाट आएको बजेट भुक्तानी गरेर फेरी यहाँका नागरीकले अन्धकारमा बस्नुपर्ने अवस्था सिर्जना गर्न लागेको छ । केही दिन विद्युत सन्चालन गरेर मर्मतका नाममा आएको बजेट खर्च गर्ने अवस्था देखिने सम्भावना बढी रहेको छ । 

हिल्दुम साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ । यसबाट मोबाइल चार्जदेखि अन्य विद्युतबाट गरिने कार्य प्रभावित भएका हुन् । सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ ।

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोला सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ ।

सिमकोटमा रहेका दुई सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ । सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफ एमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नु परेको छ । दैनिक दश घण्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको छ । 


Top