गाउँमा खानेपानीको पहुँचमा पुगेपछि स्थानीयवासिमा छायो खुसी

विजय रावत   POSTED ON : कार्तिक १६, २०७८ (१२:२६ PM)

गाउँमा खानेपानीको पहुँचमा पुगेपछि स्थानीयवासिमा छायो खुसी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका – १ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि  स्थानीयवासिमा खुसी छाएको छ । सो वडाका स्थानीयवासि पानीको हाहाकार हुँदा करिव तिन दशक देखी चरम पानीको संकटमा जीवन बिताउन बाध्यरहेका थियो । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासिमा निकै हर्षित भएको स्थानीयवासि जोख बहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो,'१ सय ४० घरधुरी भएको बाइराँका गाउँमा एक मात्र धारो हुँदा प्रत्येक घरलाई चार दिन को एकपट पानी भर्ने पालो बाँडिएको थियो । गाउँमा खानेपानीको एउटै धारा मात्र रहेको थियो । चार दिनको एक पटक पालो आउथ्यो । त्यसमा पनि २० लिटर मात्रै पानी भर्ने नियम थियो । अहिले गाउँको सिरानमा २० हजार लिटरको रिर्जव ट्यांकि बनाइएको छ । चार धाराबाट बाइराँका बासीले प्रर्याप्त खानेपानी पिउन पाएको स्थानीयवासि शाहीले बताउनुभयो ।' 

गाउँको छेउमै  तिला नदि छ । तर नदिमा पिउन योग्य पानी बग्दैन, हामीले वर्षौ सम्म त्यहि नदिको दुषित पानीले प्यास मेट्यौं स्थानीयवासि बिमला शाहिले भन्नुभयो,“खानेपानी जोहो गर्नकै लागी विद्यार्थिको पढाइ प्रभावित हुने गरेको थियो । विहान र बेलुकाभर विद्यार्थिलाई गाग्री बोकेर नदि पुग्नु पर्ने बाध्यता थियो । अहिले भने गाउँमा पानी पुगेपछि बालवालिकालाई हाइसञ्चो भएको छ । पानी सार्दै विद्यालय छुट्थ्यो, आजभोली सरसफाइ गर्न समेत सहज भएको स्थानीयवासि शाहीले बताउनुभयो ।”

खानेपानी पाउनै धौ धौ पर्ने बाइराँकामा सिंचाई र बस्तुभाउका लागी पानी पुग्ने कल्पनानै थिएन । लिफ्ट एरिकेसन मार्फत पानी पुगेपछि तरकारी बारीमा सिंचाइ गर्न तथा बस्तुभाउलाई पानी दिन सहज भएको छ । पानी बोकेरै जिन्दगी बित्ने चिन्ता बोकेका स्थानीय गाउँमा पानी पुग्छ भन्ने कल्पना थिएन । हाल बाइराँका गाउँका १ सय ४० घरधुरी सहित गाउँको विद्यालयले पनि खानेपानी उपभोग गर्न पाएको छ । करिव आठ वर्ष अगाडी बाट सुरु भएको खानेपानी आयोजना अलपत्र परेको थियो ।

 खानेपानीकै बाइराँकाका स्थानीयले रित्तो गाग्री बोकेर सदरमुकाममा आन्दोलन समेत गरेका थिए । प्रदेशको २० लाख बजेटमा तिला नदिबाट झण्डै एक किमि माथि पानी तानिएको बाइराँका खानेपानी उपभोक्ता समितिका अध्यक्ष विरेन्द्र शाहीले बताउनुभयो । यो वर्ष मात्रै गाउँमा खानेपानी पुर्याउन सफल भएको भएका छौ । अब क्रमश घरघरमा धारा विस्तार गर्ने योजनाका साथ लागिरहेको अध्यक्ष शाहीले बताउनुभयो । 


Top