जग्गा खरिदका लागि महासंघको देउसी भैलो कार्यक्रम

दाने बोहरा   POSTED ON : कार्तिक १९, २०७८ (९:०८ AM)

जग्गा खरिदका लागि महासंघको देउसी भैलो कार्यक्रम

हुम्ला ।  नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले जग्गा खरिदका साथै भवन निर्माणका लागि बिहिबारबाट देउसी भैलो कार्यक्रम सुरु गरेको छ । 

    प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यवसायिक पत्रकार, भन्ने नाराका साथ बिहिबारबाट महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा जिल्लाका कृयाशिल पत्रकाहरुको सहभागीतामा देउसी भैलो कार्यक्रम सञ्चालन भइरहेको छ । 

    शुभ दिपावलीको अवसर पारेर नेपाल पत्रकार महासंघ हुम्ला शाखाले जग्गा खरिदका लागि देउसी भैलो कार्यक्रम २०७८ सञ्चालन गरीएको जिल्ला शाखाका अध्यक्ष रावतले जानकारी दिनुभयो । जग्गा खरिदका लागि शुरु भएको देउसी भैलो कार्यक्रमको जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले उद्घाटन गर्नुभएको थियो । 

    जिल्लाका कृयाशिल पत्रकारहरुले जिल्ला समन्वय समितीको कार्यालयमा उपस्थित भएर देउसी भैलो कार्यक्रम सुरु गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख दान बहादुर रावतले उ्घाटन गर्नुभए पछि देउसी भैलो अभियान सुरु भएको हो ।

      विगत लामो समयदेखि नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको लागि जग्गा खरिद गर्ने भनिएता पनि आर्थिक अभावका कारण हालसम्म हुम्ला जिल्लामा पत्रकार महासंघको जग्गा र भवन नभएको हुँदा जग्गा खरिद र भवन निर्माणका लागि देउसी भैलो अभियान सुरु गरिएको जिल्ला अध्यक्ष रावतले जानकारी दिनुभयो । 

     विहिबारबाट शुरु भएको देउसी भैलो कार्यक्रम आज शुक्रबारसम्म सञ्चालन हुनेभएको छ । दुई दिनको अवधिमा देउसी भैलो खेलेर उठेको रकमलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखाको जग्गा खरिद कोषमा जम्मा गरिने भएको छ । विहिबार पहिलो दिन देउसी भैलोबाट रु ३९ हजार ६ सय ४५ रुपैयाँ रकम उठेको जानकारी प्राप्त भएको छ । 

     यस्तै जिल्लाको सदरमुकाम सिमकोटमा विभिन्न समुहले देउसी भैले खेलेर रमाईलो गरिरहेका छन् । यतिबेला सदरमुकाम सिमकोट देउसी भैलोमय बनेको छ । हुम्लामा पछिल्लो समय तिहारलाई विषेश पर्वका रुपमा लिँदै आएका छन् । भने जिल्लाका विभिन्न गाउँपालिकामा देउसी भैलो खेलेर रमाइरहेको जानकारी प्राप्त भएको छ । यसैगरी कला संस्कृतिको जर्गेना गर्नको लागि केही दिन अघिदेखि कर्णाली कलाकार संस्था र राष्ट्यि लोग तथा दोहोरी गित प्रतिस्ठान नेपालले देउसी भैलो खेल खेली रहेको छ । 


Top