चोरीले रित्तो बनायो विद्यालय

विजय रावत   POSTED ON : कार्तिक १९, २०७८ (९:१२ AM)

चोरीले रित्तो बनायो विद्यालय

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – १ मा अवस्थित गंगा माध्यमिक विद्यालय चोरले रित्तो बनाएको छ । पेरे गाउँबाट झन्डै एक किमीको दुरीमा रहेको सो विद्यालयमा पाँच वर्षभित्र १० पटक चोरी भएको छ ।

बारम्बार चोरी हुँदा एकातिर विद्यालय रित्तो बनेको छ भने, अर्कोतिर शैक्षिक गुणस्तर बिथोलिएको छ । चोरले कार्यालयमा राखिएका शैक्षिक सामाग्री चोर्नेे तथा विद्यार्थिका शैक्षिक प्रमाणपत्र, विद्यालयका महत्वपूर्ण कागजात जलाउने गरेका छन्, जसले गर्दा विद्यालय असुरक्षित बन्दै गएको छ । यो विद्यालयमा सरकारको लगानी बालुवामा पानीजस्तै भएको छ ।विद्यालय समाजको ऐना हो भनिन्छ ।

 विद्यालयको भौतिक अवस्था, शिक्षक व्यवश्थापन, समुदायको निगरानी र न्युनतम शैक्षिक सामाग्रिको उपलव्धता आदिले विद्यालयको वास्तविक चित्रण गर्दछ । गंगा मावि पेरेमा भने विद्यालयका कागजात, विद्यार्थीका शैक्षिक प्रमाण पत्र, विद्यालयले खेल क्षेत्रबाट आर्जन गरेका कपसमेत चोरबाट बचाउन घरमा लुकाएर राख्नुपर्ने बाध्यता छ ।पाँच वर्षमा १० पटक चोरी, शैक्षिक गुणस्तर बिथोलियो विद्यालय जस्तो पवित्र ठाउँमा समेत निरन्तर चोरी भइरहेको छ, यति ठुलो शैक्षिक संस्था समेत सुरक्षित छैन, मनमा अनेक कुरा खेलिरहन्छन्, पढ्ने मन पटक्कै लाग्दैन । कक्षा १० मा अध्ययनरत छात्र धर्मसिंह बुढाले भन्नुभयो।“ ल्याबका सामाग्री एक दिन पनि प्रयोग नगरेरै तोडफोड भएको छ । कम्प्युटर पनि सिक्न नपाएरै चोरको हातमा पर्यो अहिलेको प्रतिस्पर्धाको युगमा विद्यालयको यो  भद्रगोल अवस्थाले विद्यार्थीहरुमा निशास छाएको छ जुन विद्यालयमा विद्यार्थीका शैक्षिक प्रमाण पत्र जल्छन् त्यो विद्यालयले भविष्यमा कस्तो जनशक्ति उत्पादन गर्ला सहजै अनुमान गर्न सकिन्छ । हामीलाई पढ्ने वातावरण नभएको विद्यार्थी बुढाले बताउनुभयो । 

 यो क्षेत्रका छात्राहरु अशिक्षित समुदायका कारण अनेकौं समस्या सँग जुधिरहनु परेको छ । अहिले पनि एउटा कक्षामा ५० प्रतिशत किशोरीहरु बालविवाह गरेका हुन्छन् । छात्रा जनदेवी बुढाले भन्नुभयो ,“ पढिलेखी गाउँ समाजलाई समेत बनाउने लक्ष्य बोकेकी उनलाई विद्यालयकै हरिबिजोग भएपछि जाँगर मरेको छ । चोरले विद्यालयमा सामान्य पानी खाने बाल्टीसमेत रहन नरहेको छात्रा बुढाले बताउनुभयो । “ गएको शैक्षिक सत्रमा गंगा मावि पेरेले पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको विजेता बन्यो तर दुर्भाग्य विद्यालयका खेलाडीले  कार्यालयमा कप देख्न पाएका छैनन् । चोरी हुने डरले घरमै लुकाएर राखिएको छ । कक्षा १० सम्म पढाई भइरहेको यो विद्यालयमा सबै भवनहरु माटोले बनेका छन् ।भौतिक संरचना मजबुत नहुँदा विद्यालय बारम्बार चोरको निसानामा पर्ने गरेको गंगा मा.वि. पेरेका प्रधानाध्यापक गोर्खबहादुर बुढाले बताउनुभयो ।  

विद्यालयमा सिसि क्यामेरा जडान गरिको थियो । चोर कार्यालय फोडेर सिसि क्यामेरासहित हार्डडिक्स समेत चोरेको विद्यालयले जनाएको छ । पातारासी गाउँपालिकामा चोरको शिकार बन्ने विद्यालय गँगा मा.वि. पेरे मात्रै होइन, डिल्लीचौर प्रहरी चौकीको आडैमा रहेको ऋणमोक्ष मा.वि. मा चोरी भएको छ । दुई वर्ष अगाडी साउने संक्रान्तिको राती विद्यालयबाट १० वटा कम्प्युटर चोरी भएको पातारासी गाउँपालिका का शिक्षा शाखा प्रमुख जगतबहादुर शाहीले बताउनुभयो ।




Top