हप्ता दिनदेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव

दाने बोहरा   POSTED ON : कार्तिक २१, २०७८ (३:४४ PM)

हप्ता दिनदेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ को लाली स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा विरामीलाई समस्या परेको छ । औषधि नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कन बाध्य भएका छन् । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि वडा १ को लागी, प्युस, गोक्पा लगायत गाउँका विरामी मर्कामा परेका छन् ।

    यतिखेर अज्ञात सिजनल ज्वरोका कारण गाउँमा अधिकांस बालबालिका र वृद्धावृद्धहरुलाई बढी समस्या बनाएको स्थानीय विर्जन शाहीले बताउनुभयो । शाहीले भन्नुभयो, “गाउँबाट विरामी परेका नागरिकहरुका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेको छन् । ”

     दैनिक दिन लाली स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म विरामीहरु औषधि उपचार गर्न आएपनि स्वास्थ्य संस्थामा औषधि नै नभएपछि विरामीहरु रित्तो हातमा घर फिर्ता हुन् बाध्य भएका हुन् । स्वाथ्यकर्मीले सिजल फ्लुका कारण विरामी बढेको बताएका छन् भने यता गाउँका नागरीकहरुले भने सिजनल नभएर अन्य अज्ञात रोगले लालीमा विरामीको संख्यामा बताएका छन् । 

    उक्त स्वास्थ्य संस्थामा औषधि व्यवस्थापन गर्ने निकाय नै व्यखवर भएपछि उक्त संस्थामा औषधि अभाव भएको स्थानीयले गुनासो गरेका छन् । त्यस्तै सोही स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी नै औषधि व्यवस्थापन तिर नलागेर बेमतलवी भएर वास्ता नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । 


Top