रारा गाउँमा खानेपानीको चरम अभाव, स्थानीय सरकार बेखबर

विजय रावत   POSTED ON : कार्तिक २५, २०७८ (३:०९ PM)

रारा गाउँमा खानेपानीको चरम अभाव, स्थानीय सरकार बेखबर

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका – १ स्थित रारा गाउँमा खानेपानीको चरम अभाव हुदाँ पनि घर आगानमै भएको स्थानीय सरकार बेखबर भएको छ । सो गाउँका स्थानीयवासि लालबहादुर रावतका अनुसार धारामा दुई घण्टामात्र पानी आउने गरेको छ । पानी भर्ने स्थानीयवासिको बाल्लो भिडभाड हुने गर्छ । धारामा विहान सात बजेदेखी दश बजेसम्ममा पानी आउने गरेको छ । सिंगो गाउँका मानिस धारामा जम्मा हुदाँ भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र  दिनहुँजसो एक आपसमा झगडा समेत हुने गरेको स्थानीयवासि रावतले बताउनुभयो ।

 एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नु पर्ने बाध्यता रहेको छ । कहिलेकाँही विद्यालय जाने समय पनि छुट्ने गरेको कक्षा दशमा अध्यनरत विद्यार्थी रमेश बुढाले भन्नुभयो,“ गाउँमा खानेपानीको समस्या बर्षादेखी हुदाँ पनि यो समस्या अहिलेसम्म हल हुन सकेको छैन । गाउँमा विद्यार्थी राम्रोसंग पढ्न समेत पाउदैनन् बिहान धारोमा पानी ल्याउन जादाँ घण्टांै समय लाग्ने गरेको यहाँका स्थानीयवासि बताउँछन । ”

जलविद्युत मार्फत नदीको पानी लिप्टद्धारा गाउँमा पानी पुराउनका लागी पालिकाले ४८ लाख बजेट खर्च गरेपनि अहिलेसम्म गाउँमा पानी पुग्न सकेको छैन ।  विद्युतको क्षमता कम भएकोले लिप्टबाट पानी जाननसकेको वडाध्यक्ष परबहादुर रावतले बताउनुभयो । जिल्लाका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेकाछन् । 


Top