बढेको तलब नपाएपछि कर्मचारीद्धारा गाउँपालिकामा ताला

हिमालय टाइम्स   POSTED ON : कार्तिक २९, २०७८ (५:२७ PM)

बढेको तलब नपाएपछि कर्मचारीद्धारा गाउँपालिकामा ताला

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबार देखि लगाइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् । 

    गाउँपालिका बालविकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताउनुभयो ।  

    सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताउनुभयो । 

     जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बालविकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगार्डले उक्त व्यवस्था गर्न नसकेको कारण दबाब दिन कठोर कदम चाल्नु परेको यस्तै दुधकण्ड प्रावि रोडिकोटका बालविकासका सहजकर्ता हाँसबहादुर छत्यालले बताउनुभयो । 

     सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । यसमा चार वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । 

        आधारभूत र प्राथमिक सबै विद्यालयमा बालविकासका कक्षाहरु सञ्चालन हुँदै आएका छन् । ३२ जना विद्यालय कर्मचारी र बालविकासका गरी ६० जनाले आन्दोलीत भएका छन् । 

           यता गाउँपालिकाले अध्यक्ष कृष्ण रोकायालाई यस विषयमा बुज्दा गाउँपालिका कार्यालय ताला नगाएको दावी गर्नुभयो । उनिहरुले आफुलाई ज्ञापन पत्र बुझाएको र गाउँपालिका कार्यालय ताला नलागाएको बताउनुभयो । गाउँपालिकाले बढेको तलब दिन नसकेको तर उनिहरुसँग आज पालिका उपाध्यक्षले छलफल गरेर सहमतिमा ल्याएर फिर्ता पठाएको हुन् सक्ने अध्यक्ष रोकायाले बताउनुभयो । 

       अन्य कर्मचारीहरुलाई बजेटमार्फत पाएको दुई हजार रुपैयाँ मात्र दिन सकिने जनाएको छ । आन्तरिक स्रोत नभएको भन्दै बालविकास र विद्यालय कर्मचारीको वृद्धि भएको तलब सुविधा दिन नसकिने विद्यालयले जनाएको छ । 


Top