मुगुमा भीषण आगलागी

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३०, २०७८ (८:३५ AM)

मुगुमा भीषण आगलागी

गमगढी । मुगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो। आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।  आयो नियन्त्रणमा आउन चार घण्टा लागेको थियो ।

राति साढे १२ बजेदेखिको आगलागी बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको थियो । ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ ।धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको प्रहरीले जनाएकोछ । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

Top