नबिल बैंक र तिला गाउँपालिकाबीच सम्झौता

विजय रावत   POSTED ON : कार्तिक ३०, २०७८ (१:५९ PM)

 नबिल बैंक र तिला गाउँपालिकाबीच सम्झौता

जुम्ला । युवा उद्यमशिलता र स्वरोजगार प्रबद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउनका लागी जुम्लाको तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय सम्झौता भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । 

सो सम्झौताले कर्णाली प्रदेश,जुम्लाको तिला गाउँपालिकाका  स्थानीय युवाहरूलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरिने छ ।

यसले उनीहरूलाई उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच र्पुयाउन सहयोग गर्ने जनाएको छ ।  राष्ट्रिय युवा परिषद्को तर्फबाट प्रशासकीय प्रमख डा.बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाकातर्फबाट अध्यक्ष रतननाथ योगी र नबिल बैंकको तर्फबाट दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेको गाउँपालिा अध्यक्ष योगीले बताउनुभयो । 


Top