छिप्रा गाउँमा मकै उत्पादनमा कमी आउँदा महिलाको आम्दानी श्रोत शुन्य

दाने बोहरा   POSTED ON : मंसिर १, २०७८ (१०:०० AM)

छिप्रा गाउँमा मकै उत्पादनमा कमी आउँदा महिलाको आम्दानी श्रोत शुन्य

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकामा यो वर्ष मकै उत्पादनमा कमी भएको छ । मकै उत्पादनमा कमी आएसँगै खार्पुनाथ गाउँपालिका वडा ४ छिप्रा गाउँका महिलाहरुको मुख्य आम्दानीको श्रोतमा कमी आएको छ । 

समयमै पानी नपर्नुका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका स्थानीय महिलाले गुनासो गरेका छन् । वडा ४ को छिप्रा गाउँमा गत वर्षको तुलनामा यो पटक उत्पादनमा कमी आएको हो । जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा हास आएको वडा ४ का स्थानीय हिरउली रावतले गुनासो गर्नुभयो ।

पटकको मकै खेतबाट निकाल्दा निकै कमी हुनुका साथै पुरै किराले खाएको बोटमा खाली रुखसँगै झार उम्रिएको उहाँले बताउनुभयो । मकैलाई पुग्ने गरी पानी नआउनुका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको रावतले दुखेसो गर्नुभयो । आफ्नो मात्रै नभएर गाउँभरीका किसानले खेतमा लगाएको मकै यो वर्ष उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीय जसपुरी रावलले गुनासो गर्नुभयो । पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ । 

खेतमा उम्रिएको कमैका लागि समयमै पानी नपरेका कारण पनि कमी भएको हो । उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्ती बनेका छन् । यो पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बिउ जोगाउन समेत मुस्किल भएको जसपुरी रावतले बताउनुभयो । उत्पादनमा कमी हुँदा आम्दानीको श्रोत घटेको रावतले बताउनुभयो । 

विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई विक्री गरिएको सम्झिदै यो वर्ष बिउ जोगाउन समेत मुस्किल भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘विगतमा हामीले एक केजी मकैको रु एक सय रुपैयाँमा विक्री गथ्र्यौ तर यो वर्ष उत्पादन नभएर आम्दानी समेत शुन्य भएको छ ।’ जेठमा रोपेको मकै कात्तिकमा घर भित्र्याउने समयमा गोडमेल गरेअनुसारको उत्पादन नहुँदा छिप्रा गाउँका महिला चिन्ती बनेका छन् ।’ मकै उत्पादन राम्रो हुँदा उनिहरुले विक्री गरेर खर्च चलाउने गरेका थिए । महिलाको लागि मकै उत्पादन आम्दानीको एक मुख्य श्रोत रहेको भएपनि यो वर्ष आम्दानी शून्य भएको उहाँको भनाई रहेको छ । 


Top