सरिसल्ला–सर्केगाडको भाडादर निर्धारण

हिमालय टाइम्स   POSTED ON : मंसिर १, २०७८ (४:०१ PM)

सरिसल्ला–सर्केगाडको भाडादर निर्धारण

सिमकोट ।  हुम्लाको सर्केगाड गाउँपालि र सरिसल्लाबाट सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायी सँगको छलफलपछि भाडादर निर्धारण गरिएको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष जोशी धामीले जानकारी दिनुभयो । 

    कोल्टी सरिसल्ला सडकमा सञ्चालन हुने जीपले यात्रुबाट चर्को र मनपरी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जीप व्यवसायीसँग छलफल गरेर  भाडादर निर्धारण गरिएको उपाध्यक्ष धामीले जानकारी दिनुभयो । 

    यातायात व्यावसायी, चंखेली गाउँपालिका, सर्केगाड गाउँपालिकाका स्थानिय बासि र अन्य सरोकारवालासँगेका बैठक बसी भाडामा  निर्धारण गरेको उपाध्यक्ष जोशीले जानकारी दिनुभयो । 

     सर्केगाड गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले सर्केगाड–सरिसल्ला र सरिसल्ला बाट बाख्रे, नेरघाट, खच्चा, बालुकुना, मकै, गल्फागाड, पुइम, कवाडी, धुलाचैर, पिलुचौर र कोल्टी सम्मको भाडा निर्धारण गरेको हो ।

      मंगलबार देखि लागुहुने गरेर सर्केगाड दुल्ली रू ५०, सर्केगाड– सरिसल्ला रू ३०० र सरिसल्ला बाट बाख्रे रू ५०, नेरघाट रू १००, खच्चा रू १५०, बालुकुना रू २००, मकै रू ३००, गल्फागाड रू ४००, पुइम रू ६००,कवाडी रू६५०, धुलाचैर रू १०००, पिलुचैर रू १२०० र कोल्टी रू १४०० सम्मको भाडा निर्धारण भएको छ ।

     यो सँगै सरिसल्लामा शाखा कार्यालय रहने गरि स्वामिकार्तिक बुढीगंगा यातायात समितिले समेतले गाउँपालिकाबाट अनुमति लिएको यातायात समितिका अध्यक्ष बलि रावतले बताउनुभयो । अव यात्रुलाइ सहज र भाडा दरमा एकरूपता हुने भएको छ । 

    भाडा कार्यान्वयन र सुरक्षित यात्राका लागि इलाका प्रशासन, प्रहरी चैकी र गाउँपालिकाले अनुगमन गर्ने र तोकिएभन्दा बढी भाडा लिएको पाइएमा व्यापारीलाई समेत कानुनी कारबाही गरिने उपाध्यक्ष धामीले जानकारीदिनुभयो । –––दाने बोहरा 


Top