१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार गरी परिवारसँग पुर्नमिलन

दाने बोहरा   POSTED ON : मंसिर २, २०७८ (९:२२ AM)

१८ वर्षमा हुम्लाका ४९४ बालबालिकाको उद्धार गरी परिवारसँग पुर्नमिलन

सिमकोट । २०५९ पौष २६ गते स्थापना भएको  हिमाली नविन समाजले हुम्लाबाट अठार वर्षको अवधिमा हालसम्म चार सय ९४ जना बालबालिका उद्धार गर्नुका साथै परिवारसँग पुर्नमिलन गरको छ । जिल्लामा स्थापना भएदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाजले अठार वर्षसम्म आईपुग्दा ४ सय ९४ जना बालबालिको उद्धार गरी उनिहरुको परिवारसँग पुर्नमिलन गरिएको हो ।

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले अलपत्रमा परेका बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम गरिहेको छ । राम्रो पढाउनुका साथै उच्च शिक्षासम्म निशुल्क पठनपाठन गराईदिने प्रलोभवनमा पारेर जिल्ला बाहिर लगिएका ती बालबालिकाको उद्धार गरिएको हिमाली नविन समाजका निदेर्शक तथा डाइरेक्टर धनबहादुर लामाले बताउनुभयो ।

जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौँ, पोखरा लगायतका शहरहरुबाट राष्ट्रिय बालअधिकार परिषद तथा स्थानीय तह  अर्थात, सम्बन्धि गाउँपालिका, र नगरपालिकामा रहेका होस्टेलमा, बालगृहबाट उद्धार गरी परिवारसँग पुर्नमिलन गरिएको निदेर्शक लामाले बताउनुभयो । गाउँबाट १२ कक्षा भन्दा माथिसम्म निःशुल्क पढाइ दिने प्रलोवन लगायत विभिन्न बाहनामा बालबालिकाहरु पनि जिल्ला बाहिर जाने गरेको उहाँले बताउनुभयो ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कापी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिएर देशका विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेको अवस्थामा अधिकांस बालबालिकालाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

जोखिम अवस्थामा बालगृहमा रहेका तथा देशका चर्चित पर्यटकीय क्षेत्रबाट गरेर हुम्लाका हालसम्म चार सय ९४ जनाको उद्धार गरिएको हो । विशेष गरी पर्यटीकय शहरबाट बढी उद्धार गरिएको र बालबालिको गन्तव्य नै पर्यटकीय क्षेत्रमा रहेको छ ।

उहाँले भन्नुभयो, 'बसैभन्दा बढी पर्यटकीय क्षेत्रबाट देशभरका बालबालिका उद्धार गरि परिवारसँग पुर्नमिलन गरिएको छ ।' हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने दिर्शेक लामाले बताउनुभयो ।'

हुम्लाका उद्धार गरी परिवारसँग पुर्नमिलन गरिएका चार सय ९४ बालबालिका मध्ये ९२ जना बालबालिकालाई हिमाली नविन समाजले संरक्षण गरिरहेको लामाले बताउनुभयो । उद्धार गरिएका अन्य बालबालिका सम्बन्धित परिवासँग पुर्नमिलन गरिएको छ ।

हिमाली नविन समाजले संरक्षण गरेका ५२ जना बालबालिकाको घरको आर्थिक अवस्था, उद्धार गरिएका प्रत्येक बालबालिको केश अनुसार उनिहरुलाई शिक्षाको सहयोग, आयआर्जनको सहयोग, लगायत अलग अलग क्षेत्रमा सहयोग गरीरहेको निर्देशक लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो , 'राष्ट्रिय बालअधिकार परिषद र स्थानीय तह  तथा गाउँपालिका, नगरपालिकाको समन्वयमा अलपत्रलमा परेका बालकालिकालाई उद्धार गरी परिवारसँग पुर्नमिलन गरेका छौ, पुर्नमिलन पछि पनि आर्थि सहयोग गरेका छौ ।'

हाल देशभरका ६७ वटा जिल्लामा बालबालिकाको क्षेत्रमा हिमाली नविन समाज संस्थाले काम गर्दै आएको छ । ६७ वटा जिल्लाबाट अहिलेसम्म एक हजार ६९ जनाभन्दा बढी बालबालिकाको उद्धार गरि परिवारसँग पुर्नमिलन गरिएको उहाँले बताउनुभयो ।

लागुभएका ६७ वटा जिल्ला मध्ये सबैभन्द बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ्, सिन्धुपाल्चोक, जुम्ला लगायतका जिल्लाबाहरुबाट बालबालिका अलपत्र पर्ने गरेको उहाँले बताउनुभयो । हुम्ला, मुगु र सुर्खेत जिल्लाबाट हालसम्म बढी बालबालिकाको उद्धार गरी सम्बन्धित परिवारसँग पुर्न मिलन गरिएको लामाले बताउनुभयो । देशका विभिन्न बालगृहहरुमा छड्के गर्दा उनिहरु अलपत्रका पर्ने गरेपछि उद्धार गरिने गरेको हो ।

बाबालिका ओसारपसार नियन्त्रण सम्बन्धी विभिन्न संस्थाको छलफल

बालबालिका ओसारपसार गर्नु सामाजिक अपराध भएको बताउँदै आमा बुबासँग बसेर हुर्किन पाउनु बालबालिकाका पहिलो अधिकार भएको बताएका हुन् । राम्रो शिक्षा दिने भन्दै लोभ देखाएर अभिभावकले भेडा, घोडा बेच्न बाध्य बनाएर बालबालिका जिल्लाबाट देशका ठुला शहरहरुमा रहेका बालगृहमा पुग्ने गरेको लामाको भनाई रहेको छ ।

बालगृहमा यौन दुव्र्यवहार र कुटपिटका घटना पनि हुने गरेको भन्दै अभिभावकलाई आफ्ना बालबालिकाका विषयमा गम्भीर हुन समेत जिल्लामा बालबालिका क्षेत्रमा काम गर्दै आएका हुम्लाका संस्थाहरुको निचोड रहेको छ । उद्धार गरिएका अधिकांस बालबालिका घर र अभिभावकसँग जान नमानेको बताइएको छ ।

जिल्लामा लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नविन समाज संस्थाको आयोजनामा विभिन्न जिल्लाका संघसंस्थाहरुसँग बुधबार समनयात्मक बैठक सञ्चालन भएको थियो ।

बालबालिकासँग काम गर्ने जिल्लामा रहेका ६ वटा संस्थाहरुको सहभागीमा दुई वटा दातृ निकाय र हिमाली नविन समाजको आयोजनामा जिल्लाका बालबालिकाको अवस्थाका बारेमा बैठक सञ्चालन भएको हिमाली नविन समाज सिमकोटका प्रमुख नवराज रावतले जानकारी दिनुभयो । हिमाली नविन समाजले गरेको अन्तरक्रिया कार्यक्रममा विषेश गरी बालबालिकाकाृे विषयमाथि छलफल गरिएको जानकारी प्राप्त भएको छ ।

जिल्लाका बालबालिकाको शिक्षाको अवस्था, जिल्लाबाट हुने बालबालिको ओसारपसार, उनिहरुको स्वास्थ्य, पोषण सम्बन्धी छलफल भएको हो । हुम्लाका बालबालिका जिल्ला बाहिर लिएर ठुलो मात्रामा बालबालिका अपलत्रमा पर्ने गरेकाले उनिहरुको कसरी ओसारपसार हुन्छ यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको हो ।

बुधबार भएको समनयात्मक बैठकमा एसआईडिसी, सप्रोस नेपाल, हेड नेपाल, किर्डाक नेपाल, आधार विकास, हिमाली नविन समाज, नेपाल अस्टिया साँझेदारी संस्था लगायत बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

Top