एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

दाने बोहरा   POSTED ON : मंसिर ९, २०७८ (४:१८ PM)

एमाले केन्द्रिय सदस्यमा फडेराको उम्मेदवारी घोषणा

हुम्ला ।   नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य एवम् अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले एमालेको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

    एमालेले दुर्गम पिछडिएको ३ वटा सिटबाट केन्द्रिय सदस्यमा मनोनित गर्ने भएको छ । फडेरा निकै लामो समयदेखि एमालेको जिल्ला कमिटी सदस्य रहँदै आउनुभएको छ । हुम्लाको अदानचुली गाउँपालिकामा जन्मिनुभएका फडेराले यो पटक दुर्गम पिछडीएको क्षेत्रबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । 

    शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन भरतपुर पुगेका फडेराले आफुलाई अमुल्य मत दिएर केन्द्रिय सदस्यमा विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । यसपटक राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको बताउनु भयो ।

     फडेरा नेकपा एमालेको कर्णाली प्रदेश कमिटी सदस्यको रुपमा क्रियाशिल हुनु हुन्छ । करिब डेढ दशकसम्म नेकपा एमाले हुम्ला जिल्ला कमिटीको सदस्यको रुपमा कार्यरत फडेराले २०७४ सालको स्थानीय निर्वाचनमा हुम्लाको अदानचुली गाँउपालिकाबाट निर्वाचित अध्यक्ष हुनु होा । नेकपा माओवादी केन्द्र र कांग्रेस एक हुँदा पनि अत्याधिक बहुमतले प्रतिपक्षीलाई पछि पार्दै विजय हासिल गर्नुभएको फडेराले अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने निधो गरेको बताउनु भयो । फडेरा एमालेको ९ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यका दावेदार रहनुभएको थियो । नेकपा एमाले हुम्लामा प्रभावशाली र उर्जावान नेताको छवि बनाउनु भएको छ । एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको फडेराले बताउनुभयो । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उहाँको भनाइ छ ।

     यस्तै हुम्लाबाट नेकपा एमालेको १० औँ महाधिवेशनमा ३ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । 


Top