जाजरकोटमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २७ घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै

बालकुमार शर्मा   POSTED ON : मंसिर १२, २०७८ (९:०० AM)

जाजरकोटमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २७ घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै

जाजरकोट । बाकेको नेपालगञ्जबाट रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिवजारका लागि हिडेको रात्री बस जाजरकोटको भेरी नगरपालिका १३ स्थित वराहचौर नजिकै दुर्घटना हुुदा ५ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। 

नेपालगन्ज देखि रूकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डि एस पी  मधुकुमार थापाले जानकारी दिनुभयो  । 

डीएस्पी थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो । 

घटनाको थप विवरण आउँन बाँकी रहेको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुको सनाखत हुन बाकी रहेको छ घटनाका वारेमा थप विवरण आउन बाँकी छ ।

Top